काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले सतर्कताका बाबजुत आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! ळक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु। ‘
साथै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहनसमेत आग्रह गरेका छन् ।
सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! ळक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।
— Baburam Bhattarai (@brb1954) January 26, 2022