काठमाडौँ । केहि दिनको मौसम क्रमिक रुपमा खुलेसँगै गर्मी बढेको छ । गर्मी बढेसँगै बढ्ने एउटा समस्या हो, पिसाब पोल्ने । बालबालिका युवा विशेषगरी महिलामा यो समस्या बढी देखिन्छ ।

हुनत पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले शरीरमा भएका अन्य रोगको पनि संकेत गर्छ । तर धेरै अवस्थामा पानीको मात्रा नपुगेपछि यस्तो समस्या देखिने भएकोले यसमा सचेत हुनुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।

पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपायहरु हामी यहाँ उल्लेख छ ।

गर्मीयाममा शरीरलाई झनै बढी पानी आवश्यक हुन्छ । त्यसैले सफा पानी प्रशस्त पिउने, हरेक विहान दुई ग्लास मनतातो पानी पिएर दिनको सुरुवात गर्ने गर्नुपर्छ ।

  • सम्भव भएसम्म हरेक एक घण्टामा पानी पिउने ।
  • पिसाब पोल्न थालेमा गाँजरको रस साँझ–बिहान एक गिलास सेवन गर्ने।
  • फलफूलमा आलुवखरा, अंगुर पाकेको आँपको जुस पिउने। उपलब्ध भएमा खरबुजा, काक्रोले तत्काल पानीको अभाव पूर्ति गर्छ ।
  • आँप र मह धेरै सेवन नगर्ने
  • चामलको माडमा साथै चौलानीमा थोरै चिनी मिसाएर पिउने ।
  • नरिवलको पानी सेवन गर्ने।
  • बेलुका भिजाइएको दुई चम्चा धनिया बिहान उठेर मिश्रीसँग पिउने।
  • हर्रोबर्रो र अमला चूर्ण एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान पिउने ।
  • तरकारीमा मेथीको साग खाने।

तपाईको प्रतिक्रिया

RELATED POSTS