Keyboard

इन्टरनेट तथा डिजिटल भैसकेको वर्तमान विश्वमा कम्प्युटरको किबोर्ड अहिलेपनि हाम्रो जीवनको एक जरुरी हिस्साको रुपमा रहेको छ । चाहे स्कुल वा कलेजको असाइनमेन्ट लेख्न होस् वा कार्यालयको काम गर्न । किबोर्ड सबैभन्दा आवश्यक चिजमध्ये एक हो । यदि तपाइँको हातमा सुपरफास्ट स्पिडवाला किबोर्ड पर्‍यो भने के होला ?

सुपरफास्ट यसकारण कि जुन किबोर्डको बारेमा हामीले कुरा गरिरहेका छौं त्यसको स्पीडको त तपाईंले कल्पना पनि गर्नुभएको छैन होला । अहिलेसम्म तपाईंले ३० शव्द प्रति मिनेट, ६० वा १०० शव्द प्रतिमिनेट टाइपिंग स्पिडका बारेमा सुन्नुभएको होला । तर Charachorder नामक किबोर्ड सहयोगमा तपाइँले एक मिनेटमा सयौँ शव्दहरु टाइप गर्न सक्नुहुन्छ ।

QWERTY किबोर्ड तथा गेमिङ किबोर्ड पश्चात् हाल यो क्याराकोर्डर किबोर्ड आएको छ । अनौठो डिजाइन भएको यो किबोर्डको सहयोगमा अल्ट्रा फास्ट स्पीडमा टाइप गर्न सकिन्छ ।

यो किबोर्डलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि यसमा सुपरफास्ट टाइपिङका विभिन्न कम्बिनेसनहरु रहेका हुन्छन् । किबोर्ड रक क्लाइम्ब होल्ड दिइएको छ जुन एक अर्कोसँग आल्मुनियम रडबाट जोडिएका हुन्छन् ।

दुबै होल्ड्समा नौ नौ वटा स साना जोएस्टिक रहेका हुन्छन् । त्यसमा चारवटा अन्य औंला तथा तिनवटा बुढीऔंलाका लागि राखिएको हुन्छ । माझी औंला तथा साहिँली औंलाका लागि दुईवटा अतिरिक्त बटन राखिएको हुन्छ जसले एरो तथा माउस कन्ट्रोलको काम गर्दछन् ।

क्याराकोर्डर किबोर्डका निर्माताका अनुसार यो किबोर्डमा ३ सय भन्दा धेरै युनिक इनपुट र १७ अर्ब कर्ड कम्बिनेसन उपलब्ध छन् । यी सबैको प्रयोग तपाईं औंला नउठाइकन गर्न सक्नुहुन्छ । यो किबोर्डका अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब ३ सय डलर छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

RELATED POSTS