Church

इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको छ। राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन्। आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन्।

यसैबीच आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएको छ। कोप्ट्स मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो। इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS