IPO

सर्वसाधारणका लागि खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पूँजी चार करोड रुपैयाँको प्रतिसेयर एक सय अंकित दरका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

निष्कासन गरिने कुल कित्तामध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ।
बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ। उक्त समयमा माग बमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार तीन ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सकिन्छ। आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS