Salman Khan Bigboss

भारतीय टेलिभिजनमा प्रसारण हुने चर्चित रियालिटी शो ‘बिग बोस’को १६ औं संस्करण चाँडै आउँदैछ । मिडिया रिपोर्टका अनुसार शोलाई संचालन गर्दै आएका सलमान खानले यो सिजनलाई अघिल्लोको भन्दा तीन गुणा बढी शुल्क लिएका छन् । यद्यपी निर्माताहरुले यो खबरको पुष्टि भने गरेका छैनन् ।

‘केजीएफ’ भन्दा १० गुणा बढी पारिश्रमिक लिने

मिडिया रिपोर्टका अनुसार सलमान खानले यो सिजनका लागि करिब १० अर्ब भारु पारिश्रमिक लिएको दाबी छ । सलमान खानले बिग बोसको पछिल्लो सँस्करणलाई लिएको रकम यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेटभन्दा बढी हो । दक्षिण भारतीय स्टार यशको प्रमुख भूमिका रहेको करिब १ अर्ब भारुमा बनेको हो । योसँगै फिल्मले बक्स अफिसमा करिब १० अर्ब कमाएको थियो । यस हिसाबले सलमान खानले वर्षको सबैभन्दा चर्चित फिल्म निर्माणमा खर्च भएको रकमको १० गुणा बढी शुल्क लिइरहेका छन् ।

अक्टोबरको अन्त्यबाट प्रसारण सुरु हुनेछ

’बिग बोस १६’ अक्टोबरको सुरुसम्ममा प्रशारणमा आउनेछ । केही दिनअघि उक्त सोको यस सिजनको सेटका तस्बिरहरु सामाजिक सञ्जालमा लिक भएका थिए, जसलाई हेरेर यसपटकको शोको थिम पानी हुनसक्ने अनुमान गरिएको छ ।

शोको सेटको भित्री भागमा निलो रंगको धेरै प्रयोग गरिएको छ । यस पटकको शोका सहभागीहरू मोहित मलिक, नकुल मेहता, राज अनाडकट, दिव्यांका त्रिपाठी, शिवांगी जोशी, टीना दत्त, पुनम पाण्डे र बसिर अली हुनेछन् । यी सबै कलाकार बाहेक अर्जुन बिजलानीलाई पनि कार्यक्रमको अफर आएको थियो तर उनले अस्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS