Renasha Rai

काठमाडौं । फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । आज बिहान सात बजे नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति तथा निर्माता प्रज्वल राणाले जानकारी दिए ।

‘पहिलो सन्तानको रुपमा हामीलाई जुम्ल्याहा प्राप्त भएको छ । खुसीलाई बयान गरेर साध्य छैन,’ प्रज्वलले अनलाइनखबरसँग भने । उनका अनुसार रेनशा अझै केही दिन अस्पतालमै रहनेछिन् । दुवै बच्चा स्वस्थ रहेको उनले जानकारी दिए । एक दशकदेखिको प्रेम सम्बन्धलाई प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए ।

रेनशा पछिल्लोपटक हिमालय टिभीबाट प्रसारण भएको डान्सिङ स्टार्स नेपालको निर्णायक पनि थिइन् । गर्भवती अवस्थामै समेत उक्त रियालिटी शोमा थिइन् । रेनशा निर्देशित फिल्म ‘आइएम ट्वान्टी वान’ आगामी बैशाखमा प्रदर्शन तयारी छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS