Sarisha Shrestha

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले डाक्टर पनि हुन् । टाइटल जितेयता उनी पेशागत कर्ममा पनि सक्रिय छिन् । विहिबार उनले सिसडोल ल्यान्डफिल साइट नजिकै स्वास्थ्य शिविर चलाइन् । सो क्षेत्रमा कार्यरत फोहोर संकलक र स्थानीय बासिन्दासहितका १६० जनाले सरिशाको शिविरबाट निःशुल्क स्वास्थ्य सेवा लिए । ‘हरित सोच : दिगो फोहोर व्यवस्थापन’ कार्यक्रमअन्तर्गत सरिशाले शिविर आयोजना गरेकी थिइन् ।

शिविरमा निःशुल्क सामान्य जाँच, आँखा र इएनटी जाँच, हाडजोर्नी र स्त्री प्रसुति, दाँत, मधुमेहको प्रयोगशाला परीक्षण, एचआइभी र हेपाइटाइटिसको सेरोलोजी तथा पिसावको नियमति परीक्षण गरिएको थियो । निःशुल्क औषधि पनि बाँडिएको थियो ।

द हिडन ट्रेजर, रोट्रयाक्ट क्लब अफ किस्ट एमसीटीएच, नेसनल युथ मुभमेन्ट, किस्ट अस्पताल, डक्टर टिथ, निरमाया डायग्नोस्टिक, क्रिस्टिन फार्मास्युटिकल्स, सहयात्री र मेडिकल काउन्सिलको संयुक्त प्रयासमा भएको थियो । अनुसन्धानले १७ वर्षदेखि फोहोरको अव्यवस्थित व्यवस्थापनको कारण समुदायमा क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोग र संक्रमणको घटना बढेको देखाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS