Pregnant Women

एजेन्सी । पछिल्लो समय ढिला बच्चा जन्माउने एक प्रकारको ट्रेन्डननै बसेको छ । महिलाहरु प्राय अध्ययन र करियरको पछाडि लाग्दा ३० कटेपछि मात्रै बच्चाको योजना बनाउने गर्दछन् । सन्तान भन्दा करिअर र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रबृत्ति बढ्दो छ तर विज्ञहरुका अनुसार सन्तान जन्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वास्थ्यमा थप समस्या र संकट ल्याउनु हो । किन समयमानै बच्चा जन्माउनु पर्दछ

उमेर बढ्दै जाँदा उर्वरता घट्छ

तपाईँको उमेर बढ्दै जाँदा महिलाको ओभरीमा हुने अण्डा क्रमशः घट्दै जान्छ । यसको अर्थ तपाईँले गर्भाधारण गर्न जति ढिलाई गर्नुहुन्छ, त्यति नै तपाईले आफूलाई बाभोपन तर्फ धकेलिरहनु भएको छ । महिलाले ३० वर्ष पुगेपछि कम अण्डा निस्कासन गर्ने भएकोले गर्भधारण गर्न कठिन हुन्छ । यतिबेला जतिसुकै असुरक्षित यौनसम्र्पक गरेपनि महिला प्रजनन कोषमा फर्टिलाइजेसन हुने सम्भावना न्यून हुन्छ । यसबाहेक उमेर बढेसँगै अन्डलाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबहरुसमेत साँघुरा र कतिपय अवस्थामा बन्द हुने गर्छ । जसका कारण जतिसुकै प्रयत्न गरे पनि गर्भाधारण हुँदैन ।

अपांंगताको खतरा

विज्ञानको चमत्कार र स्वास्थ्य क्षेत्रमा भएको प्रगतिसँगै गर्भधारण गर्न उमेरको तगारो विस्तारै हटेपनि ३५ वर्ष पुगेपछि जन्माएको सन्तानमा अपांगता लगायत विभिन्न समस्याहरु देखिन्छन् । असामान्य क्रोमोजोमका कारण ३० वर्षको उमेरमा बच्चा जन्माउदा १ हजार शिशुमा हरेक १ एउटा शिशु जन्मदै सुस्त मनस्थिति हुने गर्छन्। त्यस्तै, चालिस वर्ष सो भन्दा बढी उमेरमा सन्तान जन्माउदा १ सय जनामध्ये एक जनामा डाउन सिन्ड्रोम समस्या देखिन्छ । तसर्थ बच्चाहरु लुलो, अपांग, सुस्त मनस्थित लगायतका अधिकांश समस्या पाको उमेरमा सन्तान उत्पादनको उपज हो । ३० वर्षपछि पहिलो गर्भाधारण हुँदा तुहिने वा पेटमा नै बच्चा मर्ने खतरा हुन्छ । तसर्थ आफू र आफ्नो परिबारको स्वास्थ्य भन्दा ठूलो करिअर र पढाई हुन सक्दैन ।

बच्चा जन्माउन निकै गाहो

सुत्केरी हुने बेलामा पनि उमेर छिप्पिएर गर्भाधारण गरेका महिलालाई निकै कठिनाई र पिडा हुने विज्ञहरु बताउँछन् । कि त उनीहरुलाई व्यथा लामो हुन्छ वा निकै तीब्र पीडा हुन्छ । त्यस्तो बेला उनीहरुलाई सी सेक्सनको आवश्यकता पर्न सक्छ । उमेरसँगै भ्रुण राख्ने पाठेघर पनि बुढो हुदै जान्छ र २० वर्षको उमेरमा जस्तो यसले प्रभाकारी रुपमा काम गर्दैन ।

मातृ स्वास्थ्य खराब

पाको उमेरमा गर्भाधारण गर्दा महिलामा अन्य समस्याहरु पनि हुन्छन् । जस्तै उनीहरुमा डायविटिज, उच्च रक्त चापको समस्या हुन सक्छ । मुटु, रक्तचाप, सुगरका विरामीलाई गर्भधारण गर्न निकै कठिन हुन्छ । उनीहरुले जन्माएको शिशु पनि अस्वस्थ हुने खतरा त छँदैछ ९ महिनासम्म गर्भाधारणको समयमा पनि विभिन्न पीडा हुने गर्छ । वंशानुगत समस्याका कारण पहिलोे बच्चा अपांग भयो भने दोस्रो सन्तान पनि त्यस्तै हुने २५ प्रतिशत सम्भावना हुन्छ । र, पाको उमेरमा गर्भाधारण गर्दा त यो समस्या झनै बढी हुन्छ । तसर्थ पहिलो बच्चामा वशांनुगत समस्या छ भने दोस्रो सन्तान जन्माउँदा चिकित्सकसँग वंशानुगत परामर्श लिनुपर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS