Dip Sikha

कुनै समय बलिउडदेखि टीभीसम्म राज गर्न सफल अभिनेत्री दीपशिखा नागपालको आज (शनिबार) ४५ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । २८ वर्षदेखि अभिनय कौशल देखाउँदै आएकी उनी सानो पर्दाको समेत चर्चित अनुहार हुन् । थुप्रै फिल्मसमेत अभिनय गरेकी उनको रिल र रियल लाइफ दुबै उतारचढावले भरिएको छ । जन्मदिनको विशेष अवसरमा उनको जीवनसँग केही जानकारी यस्ता छन् ।

फिल्मी चर्चा

दीपशिखा नागपालको जन्मप्रसिद्ध लेखक तथा अभिनेता अश्विनी नागको घरमा भएको थियो । उनकी आमा श्रद्धा पचोटिया पनि अभिनेत्री थिइन् । त्यसैले उनको झुकाव फिल्म क्षेत्रमा हुनु स्वभाविक हो ।

उनले सन् १९९४ मा फिल्म ‘बेताज बादशाह’ बाट अभिनय करियरको सुरुवात गरेकी थिइन् । त्यसपछि उनले धेरै फिल्ममा अभिनय गरिन् । तर उनलाई शाहरुख खानको ‘कोयला’ र ‘बादशाह’ जस्ता फिल्मबाट चिन्ने गरिन्छ । यसपछि उनले अभिनय गरेको फिल्मले भने खासै चर्चा दिलाउन सकेन ।

सानो पर्दामा फड्को

दीपशिखाले सन् १९९६ मा ‘दास्तान ए हातिमताई’ सानो पर्दामा डेब्यु गरेकी थिइन् । यस सिरियलमा महत्वपूर्ण भूमिका निर्वाह गरेपछि दीपशिखाले ‘सोनपरी’, ‘शरारत’, ‘बाल वीर’, ‘मधुबाला एक इश्क एक जुनून’ जस्ता सिरियलमा काम गरिन् । यससँगै दीपशिखाले सन् २०१४ मा टिभीको सबैभन्दा विवादित शो बिग बोसको सिजन ८ मा पनि भाग लिइन् । तर जित्न सकिनन् ।

दुई विवाह

दीपशिखाले सन् १९९७ मा अभिनेता जीत उपेन्द्रसँग विवाह गरेकी थिइन् । तर उनी सन् २००७ मा जीतसँगै अलग भइन् । त्यसपछि उनले सन् २०१२ मा मोडल केशव अरोरासँग विवाह गरेकी थिइन् । २०१६ मा केशवसँग अलग भइन् ।

दीपशिखाका पहिलो विवाहबाट दुई सन्तान विधिका र विवान छन् । अभिनेत्रीको दोस्रो सम्बन्धविच्छेदका बेला केशवसँग उनको धेरै विवाद भएको थियो । रिपोर्टका अनुसार सन् २०१६ मा केशव र दीपशिखाबीच ठूलो झगडा भएको थियो । दीपशिखाले केशवविरुद्ध एफआईआर पनि दर्ता गराएकी थिइन् । जसमा केशवमाथि घरेलु हिंसाको आरोप समेत थियो ।

परवीन लुक्स

दीपशिखा नागपाललाई ७० र ८० को दशककी चर्चित अभिनेत्री परवीन बाबीको लुकको रुपमा पनि चिनिन्छ । उनको लुक्सदेखि लिएर उनको ग्ल्यामरस स्टाइल सबै परवीन बाबीसँग मिल्दोजुल्दो छ । जसका कारण मानिसहरुले उनलाई परवीन समेत भन्छन् ।

 

Dip Sikha

तपाईको प्रतिक्रिया

RELATED POSTS