Namrata Shrestha

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ‘आईईसी डिजाइनर रनवे ११’ फेसन शो भएको छ । आईईसी फेसन कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको शोमा शोमा ७ भारतीय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका पहिरनमा सजिएर र्‍याम्प नापे । ६१ जना फेसन डिजाइनर आईसी कलेजका १९ औं ब्याचका पासआउट विद्यार्थी हुन् ।

आईईसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले गरेको फेसन शोमा पूर्वमिस नेपालहरु नम्रता श्रेष्ठ, अश्मी श्रेष्ठ, अभिनेत्रीहरु आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ शो टपरको रुपमा र्‍याम्पमा देखिए ।

लामो समयदेखि हरेक वर्ष आयोजना हुँदै आएको ‘आईईसी डिजाइनर रनवे’ फेसन शो यस वर्ष थप भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको व्यवस्थापनको जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए । शोको कोरियोग्राफी अभिमन्यू सिंह तमोरले गरेका थिए ।

‘आईईसी डिजाइनर रनवे’ फेसन शोको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

तस्वीरहरु

तपाईको प्रतिक्रिया

RELATED POSTS