Vijaya

सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा फिल्म बहिष्कार गर्ने चलन चलिरहेको छ। हालै आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ बहिष्कारको शिकार भएका थिए। त्यस्तै अहिलेसम्म प्रदर्शनमा नआएको फिल्मलाई समेत बहिष्कार गर्न माग भइरहेको छ। जसमा ‘बह्मास्त्र’, ‘विक्रम वेधा’ र ‘पठान’ जस्तो फिल्म सामेल छन्।

अब विजय देवरकोन्डा र अनन्या पाण्डे अभिनित फिल्म ‘लाइगर’ लाई पनि बहिष्कार गर्न माग आएको छ। भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार बहिष्कार ट्रेन्डबारे विजय र अनन्याले आफ्नो बयान दिएपछि ‘लाइगर’ लाई बहिष्कार गर्न माग गरिएको हो।

एक अन्तर्वार्तामा विजयले भनेका छन्, ‘यस्तो कुरामा धेरै ध्यान दिनु हुँदैन।’ यसै विषयमा अनन्या भन्छिन्, ‘हरेक दिन कुनै न कुनै फिल्म बहिष्कारको माग आइरहेको छ।’ अनन्याको कुरामा सही थप्दै विजयले भने, ‘ठिक छ गर्न देऊ। हामी के गर्न सक्छौं र? हामी त फिल्म बनाउने हो। जसलाई हेर्न मन छ उनीहरू हेर्छन्, जो हलमा गएर फिल्म हेर्न चाहदैनन् उनीहरू टिभी अथवा फोनमा हेर्छन्। यसमा हामी केही गर्न सक्दैनौं।’

विजयको यस बयानपछि यस्तो घमन्डीको फिल्म नहेर्ने भन्दै बहिष्कारको माग उठेको छ। जगन्नाथ पुरीले निर्देशन गरेको फिल्ममा विजय र अनन्यासँगै राम्या कृष्नन, रोनित रोय, विशु रेड्डी, अली, गेतुप श्रीनुलगायत कलाकारको अभिनय छ। साथै फिल्ममा विश्वविख्यात बक्सर माइक टाइसनको पनि अभिनय रहेको छ।  फिल्ममा करण जोहर, चर्ममे कौर, अपूर्भा मेहेता लगायतको लगानी रहेको छ। यो फिल्म हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा २५ अगस्टबाट रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया

RELATED POSTS