PM Finland

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध खाएर नाचगान गरेको आरोप अस्वीकार गर्दै त्यसको पुष्टिका लागि स्वास्थ्य परीक्षण गरेकी छिन्। साथीहरूसँगको जमघटमा मातेर नाचेको भिडिओ सार्वजनिक भएपछि उनीमाथि लागुऔषध सेवनको आरोप लागेको थियो।

सार्वजनिक भएको भिडिओबारे उनले भनेकी छिन्,’यो भिडिओ नितान्त व्यक्तिगत हो। म मेरा साथीहरूसँग पार्टी गरिरहेकी थिएँ। मैले रक्सी पिएकी थिएँ तर लागुऔषध सेवन गरेको थिइनँ।’

आफूमाथि लागेको आरोपलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ। ‘ममाथि निकै अन्याय भएको छ। मैले आफ्नै न्यायिक सुरक्षाका निम्ति स्वास्थ्य परीक्षण गरेको छु। एक साताभित्र सत्यतथ्य सार्वजनिक हुने नै छ,’ मरिनले भनिन्।

प्रधानमन्त्री मरिनको भिडिओ सार्वजनिक भएसँगै विपक्षी दलले उनको स्वास्थ्य परीक्षण गर्न माग गरेको थियो। मरिन यसअघि पनि विवादित भएकी थिइन्।

गत वर्ष कोरोना संक्रमितसँग कन्ट्याक ट्रेसिङमा पर्दा क्लब गएको भन्दै उनको आलोचना भएको थियो। यस घटनाप्रति उनले माफीसमेत मागेकी थिइन्। सन् २०१९ मा उनी फिनल्याण्डको प्रधानमन्त्रीमा चयन भएकी थिइन्। २९ वर्षको उमेरमा सांसद चयन भएकी मेरिना ३४ वर्षमै प्रधानमन्त्री बनेकी थिइन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS