Kangana

बलिउडमा सधैँ चर्चामा रहने अभिनेत्री कंगनाले फिल्मफेयर अवार्डविरुद्ध मुद्दा हाल्ने भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै फिल्मफेयर विरुद्ध असन्तुष्टि पोखेकी हुन् । फिल्मफेयरले कंगनालाई एक विधाका लागि मनोनयन दर्ता गरेको छ । कलाकार फिल्मफेयर जित्नुलाई एउटा उपलब्धि ठान्छन्, तर कंगना मनोनयनबाट नै निरास छिन् । कंगना फिल्म ‘थलाइवी’ का कारण अवार्डको मनोनयनमा परेकी हुन् ।

६७ औं फिल्मफेयरका लागि आयोजकले मनोनयनको सूची सार्वजनिक गरेको छ । जसमा रणवीर सिंह फिल्म ८३ बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन्, भने उत्कृष्ट अभिनेत्रीको विधामा कंगना रनौत फिल्म ‘थलाइवी’ बाट छानिएकी छन् ।

अवार्डको विषयमा कंगनाले भनेकी छन्,‘फिल्मफेयरले मलाई मनोनयन गरेकोमा म छक्क परेकी छु । तर म कुनै भ्रष्ट र अनैतिक पुरस्कार समारोहको हिस्सा बन्न चाहन्नँ । यो मेरो गरिमा विरुद्ध हो, त्यसैले मैले फिल्मफेयरमा मुद्दा हाल्ने निर्णय गरेको छु ।’

‘मैले सन् २०१४ मा फिल्मफेयरमा प्रतिबन्ध लगाएकी थिएँ । यो भ्रष्ट र अनैतिक पुरस्कार हो, त्यसैले म यसको हिस्सा बन्ने छैन’ उनले अगाडि भनेकी छन् ‘मलाई फिल्मफेयरबाट धेरै फोन आइरहेको छ ।’ कंगना फिल्म ‘इमर्जेन्सी’ को सुटिङमा व्यस्त छिन् । फिल्ममा उनी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन् । फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् किनभने मणिकर्णिकापछि कंगना दोश्रो पटक निर्देशनमा देखिने छिन् । फिल्म आगामी वर्ष जुन २५ मा हलमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS