Muna Gauchan

मुना गौचन नेपाली सिनेमा क्षेत्रमा भन्दा पनि मोडलिङ क्षेत्रमा चिरपरिचित नाम हो । हुन त गौचनले नेपाली फिल्म नखेलेकी भने होइन । चपली हाइट-२ मा सहायक भूमिकामा अभिनय गरेर सिने क्षेत्रमा आएता पनि उनी मोडलकै नामले परिचित छिन् । नेपालमा भन्दा धेरै समय भारतमा बिताउने गरेकी गौचनले विभिन्न भारतीय म्युजिक भिडिओ‌हरूमा पनि अभिनय गरिसकेकी छिन् । फिगर र बोल्डनेसमा उनलाई बलिउडका अभिनेत्रीहरूसँग पनि दाँजेर हेर्ने गरिन्छ । नेपालमा भन्दा उनले धेरै असाइनमेन्टमा भारतमै गर्छिन् । त्यही भएर उनको बसाई नेपाल भन्दा भारतमा बढी हुन्छ ।

सामाजिक सञ्जालमा गौचन निकै सक्रिय छिन् । फ्यानहरूको लागि समय समयमा फोटो र भिडिओहरू शेयर गरिरहेकै हुन्छिन् । यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनलाई फलो गर्नेहरूको सङ्ख्या ४ लाख ७२ हजार भन्दा माथि छ । फेसबुकमा पनि उनी सक्रिय छिन् तर इन्स्टाको तुलनामा फेसबुकमा उनका फ्यानहरू कम छन् ।

माल्दिभ्सबाट केही तस्विर र भिडिओहरु शेयर गर्दै गौचनले आफू मालदिभ्समा भएको जानकारी दिएकी छिन् । एक हप्तादेखि नै गौतमले माल्दिभ्समा खिचिएका बोल्ड तस्विरहरू शेयर गरिरहेकी छिन् । यी तस्बिरहरूमा उनले मिश्रित प्रतिक्रिया पाएकी छिन् । धेरैले उनलाई निकै नै सुन्दर देखिएको बताएका छन् । उनी मिस इको इन्टरनेशनल २०१९ को बिजेता समेत हुन् । विभिन्न विज्ञापन, म्युजिक भिडियो र केही फिल्ममा सहायक भूमिका गरेकी गौचन पछिल्लो समय मुम्बाइ बसेर आफ्नो क्यारियर अगाडि बढाइरहेकी छिन् ।

तस्बिरहरू

Muna Gauchan

Muna Gauchan

Muna Gauchan

Muna Gauchan

Muna Gauchan

 

तपाईको प्रतिक्रिया

RELATED POSTS