Bathroom

बाथरुममा दुर्गन्ध आउनु सामान्य नै हो । जतिसुकै सफा राखे पनि कहिलेकाहीं बाथरुमबाट दुर्गन्ध आउँछ । वर्षायाममा अझ बढी बाथरुमबाट दुर्गन्ध आउँछ । मनसुनमा सिलिङ पनि भिज्ने भएकाले दुर्गन्ध आउँछ । दुर्गन्ध हटाउनका लागि मानिसहरुले बाथरूममा विभिन्न किसिमका महँगा वस्तु प्रयोग गर्छन् । रुम फ्रेसनरको धेरै प्रयोग गरेर बाथरुमको दुर्गन्ध हटाउने उनीहरुले प्रयास गरिरहेका हुन्छन् । तर यसले दीर्घकालीन समाधान दिइरहेको हुँदैन । यस्तो दुर्गन्ध हटाउने केही उपाय यस्ता छन्–

घरमै बास्नादार स्प्रे बनाउनुस्

बजारमा धेरै प्रकारका सुगन्धित स्प्रे उपलब्ध छन्, तर सुगन्ध बनाइराख्न तपाईं सजिलैसँग घरमा बाथरूमको लागि सुगन्धित स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि दुई कप पानीमा ६ देखि ८ चम्चा कुनै पनि सुगन्धको तेल मिलाउनुस् र यो तरल पदार्थलाई स्प्रे बोतलमा राखेर बाथरूममा स्प्रे गर्नुस् ।

बाथरुम गन्हाउनुको एउटा कारण हावा पास नहुनु पनि हो । बाथरुममा ‘एग्जस्ट’ फ्यानको प्रयोग गर्दा हावा सजिलै भित्र आउन सक्छ । बाथरुममा भेन्टिलेसनको लागि एक्जस्ट फ्यान जडान गर्नुस् । यदि फ्यान जडानमा समस्या छ भने थोरै स्पेस दिएर झ्याल बनाउन सकिन्छ ।

फोहोर जम्मा हुन नदिनुस्

यदि बारम्बार प्रयोग हुने चीज बाथरूममा राख्ने गरिएको छ भने फोहोर जम्मा हुन थाल्छ । खाली स्याम्पुको प्याकेट, धेरै विभिन्न प्रोडक्टका खाली बोतल छन् भने यी सबै बाथरूमबाट बाहिर राख्नुस् । बाथरुमलाई नियमित रूपमा सफा राख्ने र भिजेको रुमाल त्यहाँ प्रयोग गर्ने जुत्ता सुकाउँदा गन्ध हट्छ ।

कफीको दानाको प्रयोग

बाथरुमको दुर्गन्ध हटाउन चाहनुहुन्छ भने कफीको दानाको मद्दत लिन सक्नुहुन्छ । यसका लागि एउटा ठूलो भाँडोमा पानीमा कफीको दाना मिसाउनुस् । त्यो भाँडो बाथरूममा राख्नुस् र पूरै बाथरुमको दुर्गन्ध हट्नुका साथै बास्नादार हुने गर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS