Madav Nepal

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंको थापागाउँमा पत्रकार सम्मेलन चलिरहेको थियो । सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका थिए । अध्यक्ष नेपालले बोल्दै थिए, बोल्दा–बोल्दै माइकको लाइन काटियो । माइक नचलेपछि अध्यक्ष नेपालले ठट्टा गरे– कहाँबाट भाइरस पसेछ ?

‘बोल्दा बोल्दै के भयो ? एक भाइ के भएको हँ ?,’ अध्यक्ष नेपालले अपरेटरलाई सम्बोधन गर्दे अघि भने, ‘भाइ नचलाउ न है ।’निकैबेर माइक नचलेपछि नेपालले भने, ‘कहाँबाट भाइरस पसेछ । एक भाइ हेर्नुपर्‍यो ।’

फेरि पनि माइकको लाइन आएन । अनि फेरि नेपालले भने, ‘कतै भाइरस त पस्या छैन ? हेरौँ है ।’ त्यसपछि भने हलमा एकछि हाँसो चल्यो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS