Kobe

अमेरिकाका स्टार बास्केटबल खेलाडी तथा सेलिब्रिटी कोबे ब्रायन्टको मृत्यु एक हेलिकोप्टर दुर्घटनामा सन् २०२० मा भएको थियो । दुर्घटनापछि सरकारी एजेन्सीले उनको तस्बिर सेयर गरेका थिए । त्यसपछि कोबे ब्रायन्टकी श्रीमतीले फोटो सेयर गरेको भन्दै मुद्दा दर्ता गरिन् र क्षतिपूर्तिको माग राखिन् । अदालतले उनलाई १६ मिलियन डलर (२ अर्ब रुपैयाँ)​ क्षतीपूर्ति दिने निर्णय सुनायो ।

दुर्घटनाका बेला कोबे ब्रायन्टसँग उनकी १३ वर्षकी छोरी र सात अन्य यात्री पनि थिए । दुर्घटनापछि मारिएकाहरुको फोटो लस एन्जेलिस काउन्टी शेरिफ र फायर डिपार्टमेन्टका कर्मचारीबीच सेयर गरिएको थियो । यसका लागि भेनेसाले लस एन्जेलिस प्रशासनविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । ११ दिनसम्म चलेको सुनुवाईको क्रममा वेनेसा ब्रायन्टले एलए टाइम्सको समाचार पढ्दा आफू अन्य बच्चाहरुसँग घरमा रहेको सम्झना गरिन् ।

‘म घरबाट हतारिँदै बाहिर निस्किएँ । छोरीहरुले मलाई नदेखून् भनेर म घरको अर्को कुरामा दौडिएँ । म भाग्न चाहन्थेँ…. तल जान चाहन्थेँ र चिच्याउन चाहन्थेँ,’ उनले भनिन् ।

ब्रायन्टले भनिन्, ‘लिक भएका समाचार फोटोले मलाई विक्षिप्त तुल्यायो । सामाजिक सञ्जालमा यी तस्बिरहरु आइराख्ने भएकोले म हरेक दिन डरै डरमा जीवन बिताउँछु ।’

‘म यी फोटोहरु हेर्न चाहन्नँ,’ उनले भनिन् । ‘म मेरा श्रीमान् र छोरीलाई उनीहरु जस्तो छन्, त्यसरी नै सम्झिन चाहन्छु ।’

यी फोटोहरुले आफ्नो घाउमा नुन छर्किएको पनि उनले बताएकी छिन् ।

९ जना न्यायाधिसको बेन्चले एक मतले यो मामिलामा वेनेसाको पक्षमा निर्णय सुनाए । न्यायधिसले फोटोले वेनेसाको गोपनियता हनन भएको र यसका कारण उनी भावनात्मक संकटसँग जुध्नुपरेको स्वीकार गरे । निर्णयपछि वेनेसा ब्रायन्टले इन्स्टाग्राममा श्रीमान् र छोरीसँगको एउटा फोटो सेयर गरिन् । उनले लेखिन्, ‘आइ लभ यू ! जस्टिस फर कोबे एन्ड गिगि !’

तपाईको प्रतिक्रिया

RELATED POSTS