Prachanda in Dharan

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् । शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले मेयर राईको कामको प्रशंसा गरेका हुन् । यसअघि काठमाडौं आएका बेला मेयर राईले अध्यक्ष दाहाललाई भेटेर श्रमदानका लागि धरान आउन आग्रह गरेका थिए । कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम मेयर राईले गरेको दाहालले बताए ।

उनले अगाडि भनेका छन्, ‘मैले उहाँको कामलाई निरन्तर रूपमा हेरेको छु । हामी कम्युनिस्टहरूले अझै माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनताहरुलाई पनि हर्कजीको काम र आचरणबाट प्रेरणा लिन न अनुरोध गर्दछु ।’

Prachanda in Dharan

 

अहिले गरिरहेका कामलाई निरन्तरता दिन पनि दाहालले मेयर राईलाई सुझाव दिएका छन् । त्यस्तै मेयर राई र उपमेयर अइन्द्रविक्रम बेघाको जोडी असाध्यै मिलेको पनि उनले बताए ।

दाहालले अगाडि भनेका छन्, ‘हर्कमा यसमा निरन्तर रूपमा डटिराख्नु पर्‍यो । कति सक्नु हुन्छ भन्ने मेरो शुभकामना छ । डटिराख्नुहोस् र जनतासँग जोडिइराख्नुहोस् । जनताको साथ पाइराख्नुहोस् । मेरो र हाम्रो साथीहरूको साथ छँदै छ । उपमेयर हाम्रै पार्टीबाट हुनुहुन्छ उहाँहरूको जोडी असाध्यै मिलेको छ । स्वभाव पनि मिलेको छ काम पनि मिलेको छ । धरान उपमहानगरका लागि राम्रो अवसर हो ।’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS