काठमाडौँ । घरमा सुख समृद्धि बनाइ राख्नका लागि कयौँ परम्परा पुरानो समयदेखि चल्दै आएका छन्। यदी यी मध्ये कुनै परम्पराको पालना गर्दा घरमा पैसाको कमी र सुखको कमी कहिलै हुँदैन्। सामान्यतया पति र पत्नीको भाग्य एक अर्कासँग जोडिएको हुन्छ। यही कारण पत्नीले शुभ काम गर्दा पत्नीको दुभाग्र्य हट्ने गर्दछ। ज्योतिषाचार्य सुनील नागरका अनुसार पत्नीले यी ५ काम गर्दा पतिको दुभाग्र्य हट्ने गर्दछ।

१) घरको सरसफाइ गर्नु
जुन घरमा सरसफाइ हुने गर्दछ, त्यहाँ वास्तु दोष हट्ने तथा लक्ष्मीको वास हुने शास्त्रमा उल्लेख छ। त्यसैले पत्नीले पतिको सौभाग्य बढाउनका लागि घरको सरसफाइमा ध्यान दिनु पर्दछ।

२) घरमा शान्ति
जुन घरम पति पत्नीबीच प्रेम हुने गर्दछ, त्यहाँ सधै सुख समृद्धि हुने गर्दछ। यदी पति पत्नीबीच बिवाद हुन्छ भने पतिलाई कहिलै भाग्यले साथ दिदैन।

३) तुलसीको सेवा
घरको आँगनमा तुलसीको विरुवा लगाउनु हाम्रो परम्परा हो। तुलसीको सेवा गर्दा परिवारमा सुख समृद्धि प्राप्त हुने गर्दछ।

४) पाहुनाको सत्कार
भनिन्छ, अतिथी देवो भव, अर्थात पाहुला भगवान समान हुने गर्दछ। त्यसैले जुन घरमा पाहुनाको सत्कार हुने गर्दछ त्यहाँ भगवानको कृपा प्राप्त हुने गर्दछ। साथै घरमा आफूभन्दा ठूलाको पनि सम्मान गर्नु पर्दछ।

५) मन्दिरमा पुजा
नियमित रुपमा बिहान बेलुकी घरको मन्दिरमा पुजा गर्नुहोस्। साथै मन्दिरमा कम्तिमा १ दिप बाल्नुहोस्। यसो गर्दा भगवानको कृपा प्राप्त हुने तथा घरमा सुख शान्ति प्राप्त हुने गर्दछ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS