Tiktok

डडेल्धुरा – टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिकटकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिकटकमा भाइरल बनेकी छन् ।

एक बर्षअघि उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको डडेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले । ‘गित, डान्स भन्दापनी म डडेल्धुराको भाषामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ । डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइरल भएकी हुँ । टिकटकमा भाइरल भएपछि म्युजिक भिडियो र बिज्ञापनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकी छु ।’ उनले भनिन्,

अहिले उनले टिकटक एकाउन्टमा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिकटकमा भाइरल भएपछि उनलाई म्युजिक भिडियोमा अभिनय गर्ने अफर आउने गरेको छ । अहिलेसम्म उनले ८ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्यापार प्रवर्द्धनका लागी स्थानीय व्यापारीले अफर गर्ने गरेको टिकटक स्टार पबित्रा साँकीले बताइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS