Sunmaya

विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको सय किलोमिटर दौडमा नेपालकी सुनमाया बुढाले रजत जितेकी छिन्। शुक्रबार राति फ्रान्समा सकिएको दौडमा उनले सय किलोमिटर दौड ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्। शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिनले हात पारिन्। उनले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौडमा पूरा गरिन्।

तेस्रो स्थानमा रहेकी अमेरिकाकी अबी हलभन्दा सुनमायाले २७ मिनेट पहिले दौड पूरा गरिन्। हलले १२ घन्टा १२ मिनेट ५६ सेकेन्डमा दौड जितिन्। द नर्थ फेस एडभेन्चर टिममा आबद्ध सुनमायाले यसअघि थाइल्यान्डमा भएको दौडमा भने शीर्ष स्थान हात पारेकी थिइन्।

गत बर्ष ‘थाइल्यान्ड बाई युटिएमबी’ अल्ट्रा दौडमा जुम्लाकी सुनमाया महिलातर्फ पहिलो भएकी थिइन्। उनले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीहरूलाई समेत टक्कर दिएकी थिइन्।

अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरूष र महिलातर्फ समग्र नतिजामा तेस्रो भएर देशकै इज्जत राखेकी थिइन्।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS