Darhi

कतिपय मानिसहरुको सौख दाह्री पाल्ने । कतिले यसलाई फेसनको रुपमा पनि लिने गर्छन् । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । हुन त दाह्री पाल्दा केही फोहोरी देखिन्छ भन्ने टिप्पणीहरु पनि हुने गर्छन् । तथापी पुरुषहरु युनिक देखिन वा आफनो स्टायललाई मेन्टेन गर्न पनि दाह्री पाल्ने गर्छन् ।

दाह्री पाल्नेहरुका लागि भने एक पटक सोच्नै पर्ने अवस्था आएको छ ।हालै बैज्ञानिकहरुले कुकुरमा भन्दा दाह्री पाल्ने मानिसहरुमा धेरै हानिकारक किटाणु तथा जीवाणुहरु हुने गरेको निश्कर्ष निकालेका छन् । बैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भनेर गरेको अध्ययनमा यस्ता तथ्य पत्ता लगाएका हुन् ।

अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनाशक र हानिकारक भएको पाईएको छ । जबकी कुकुरहरुमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा भेटिएको उल्लेख छ ।

स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आन्द्रेस गटजेट र उनको टिमले १८ मानिस र ३० कुकुरमा यस किसिमको अध्ययन गरेका थिए । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । उनले कुकुरको शरीर र रौँ मा भन्दा मानिसहरुको दाह्रीमा बढी घातक जीवाणुको संख्या भेटिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS