Sleep

दिउँसो जब हामी खाना खान्छौं, तब निद्रा लागेको महसुस हुन्छ । खानाबाट हामीलाई ऊर्जा प्राप्त गर्दछौं, तर फेरि खाना खाएपछि अल्छी लागेर निद्रा किन आउँछ त ? खाद्य प्रविधिसम्बन्धी एक कम्पनी फूड मार्बलका पोषणविज्ञ तथा वैज्ञानिक डाक्टर क्येयर शर्टका अनुसार जब हामीले खाना खान्छौं हाम्रो पेट तथा पूरै शरीरले काम गर्न सुरु गर्दछ । यस क्रममा रगतमा सुगरको मात्रा कम हुन जानु पनि हामीलाई निद्रा लाग्नुको एक कारण हुनसक्दछ ।

जब हामीले धेरै सुगरयुक्त खानेकुरा खान्छौं, तब रगतमा सुगरको मात्रा बढ्दछ र फेरि तीव्र रुपमा घट्न सक्दछ । सोही कारण अचानक थकानको महसुस हुन्छ ।

यद्यपि रगतमा सुगरको घटबढले मात्र निद्रा आएको भने होइन । यसमा हाम्रो शरीरमा उत्सर्जन हुने हर्मोनको पनि भूमिका छ । खाना खाएपछि हाम्रो सरीरमा कहिलेकाही सेरोटोनिन हर्मोनको उत्पादनमा तीव्रता आउँदछ । यसलाई बोलीचालीको भाषामा फील गुड हर्मोन भनिन्छ । शरीरमा यो हर्मोनको स्तर बढेसँगै हामीलाई निद्रा आउँछ ।

सेरोटोनिनले हाम्रो मूड तथा निद्रा चक्रमा एक अहम भूमिका खेल्दछ । खाना खाएलगत्तै सरीरमा यो हर्मोनको स्तर बढ्न जाने हुनाले हामीलाई निद्राको महसुस हुन्छ । स्पोर्टस् मेडिसिन जर्नलमा प्रकाशित शोध रिपोर्टमा पनि निद्रा, सुस्तपन तथा थकानलाई समेत सेरोटोनिनसँग जोडिएको छ ।

कस्तो खानाले निद्रा ल्याउँदछ ?

विज्ञका अनुसार टि्रप्टोफ्यान नामको एमिनो एसिड अत्यधिक भएको खानेकुरा खानाले निद्रा लाग्न सक्दछ । किनकि यसले सेरोटोनिनको उत्पादनमा भूमिका खेल्दछ ।

टि्रप्टोफ्यान विभिन्न प्रोटिनयुक्त खाद्य पदार्थ जस्तै पनीर, अण्डा तथा टोफूलगायतका भरपूर मात्रामा पाइन्छ । चेरी जस्ता चिजहरुले पनि शरीरमा मेलाटोनिनको स्तरलाई प्रभावित गर्न सक्दछन्, जसका कारण तपाईंलाई निद्रा लाग्न सक्दछ ।

डाक्टर शर्टका अनुसार खाना खाएसँगै थकान ल्याउने वा निद्रा लगाउने खानेकुराको सूची बनाउन निकै कठिन छ किनकि विभिन्न खानेकुराहरुप्रति हरेक व्यक्तिको प्रतिक्रिया फरक फरक हुनसक्दछ ।

खानापछि निद्रा लाग्न नदिन के गर्ने ?

विज्ञका अनुसार यसको सटिक जवाफ दिन सकिंदैन । तर यदि खानामा अत्यधिक फाइबर युक्त खानेकुरा पनि सामेल गर्ने हो भने यसले रगतमा सुगरको स्तरलाई स्थिर बनाउँदछ । यस्तो गर्दा निद्रा आउने सम्भावना कम हुन्छ । साथै नियमित रुपमा भोजन गर्ने र एकै पटकमा धेरै नखाने गर्नुपर्दछ । यसले हाम्रो पाचन प्रणालीलाई ओभरलोड हुन दिंदैन र थकाइ र निद्रा पनि लगाउँदैन । एजेन्सी

तपाईको प्रतिक्रिया

RELATED POSTS