Sima & Sohel

फेसन डिजाइनर सीमा सजदेह र बलिउड अभिनेता तथा निर्देशक सोहेल खान २४ वर्षपछि अलग हुँदैछन् । दुवै अहिले छुट्टाछुट्टै अपार्टमेन्टमा बस्दै आएका छन् । दम्पतीका दुई छोरा छन्, निर्वाण र योहान।

हालै एक अन्तर्वार्तामा सीमाले डिभोर्सको निर्णयबारे खुलेर कुरा गरेकी छिन् । अहिले मलाई कुनै कुराको वास्ता नभएको उनले बताए । बलिउड बबलसँग कुरा गर्दै सीमाले भनिन्, ‘म आफ्नो जीवनलाई सकारात्मक कोणबाट हेर्दै छु । मैले मेरो जीवनको सबै नकारात्मकतालाई पछाडि छोडेको छु। अब म यस्तो ठाउँमा पुगेको छु जहाँ मलाई कुनै कुराको वास्ता छैन। हो, मेरो परिवार र साथीहरूलाई मात्र थाहा छ म को हुँ।’

सम्बन्धविच्छेदको बारेमा कुरा गर्दै उनले भनिन्, ‘अहिले जीवनमा अगाडि बढ्नु पर्ने भएकाले यो निर्णय लिएको छु । योसँगै मेरो यो निर्णयको बारेमा बच्चाहरूलाई पनि थाहा छ।’ सीमाले सामाजिक सञ्जालमा रहेको आफ्नो अकाउन्टबाट सीमा खानलाई हटाएर सीमा किरण सजदेह बनाएकी छिन् । यससँगै उनले आफ्नो इन्स्टाग्राम बायोमा लेखेकी छिन्, ‘यतिबेला म कुनै पनि फिल्टर बिना नै आफ्नो जीवन पूर्णरुपमा बाँचिरहेको छु ।’

सोहेल र सीमाले सन् १९९८ मा भागेर विवाह गरेका थिए । सीमा दिल्लीकी हुन् र फेसन डिजाइनिङमा करियर बनाउन मुम्बई आएकी थिइन् । त्यही क्रममा सीमा र सोहेलको पहिलो भेट भएको थियो । सोहेलका अनुसार उनले सीमालाई पहिलो नजरमै मन पराएका थिए । – दैनिक भास्कर

तपाईको प्रतिक्रिया

RELATED POSTS