Suraj Arked

काठमाडौंको न्यूरोडस्थित सुरज आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घन्टाको समय दिएको छ। सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो।

पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ। महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि नै आफूहरूले पटक पटक जानकारी गराइसकेको भएकाले अन्तिम पटक आज दिनभरीका लागि समय दिएको बताए।

‘हामीले २४ घन्टाको थप समय दिएर पसल खाली गर्न भनेका छौ’,पाण्डेले भने,‘हाम्रो उद्धेश्य क्षति पुर्‍याउने होइन, उहाँहरूले समय माग्नुभयो हामीले दिएर आएका छौ। हाम्रो समयसम्म हटाउनु भएन भने हामी हटाउँछौ।’

महानगरले बसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउने भएको छ। पार्किङका लागि बनाएको संरचना ब्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन खोजिएको महानगरले जनाएको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS