काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान आफ्नो आगामी फिल्मका कारण चर्चामा छिन् । यसैबीच उनका केही तस्विर भाइरल भएका छन्, जसपछि अभिनेत्रीको प्रेम सम्बन्धको चर्चा भइरहेको छ । यी तस्विरहरूमा अभिनेत्री कुनै बलिउड ह्यान्डसम हङ्कसँग नभई टीम इन्डियाका ब्याट्सम्यान शुभमन गिलसँग देखिएकी छिन् । तस्बिरमा दुवैजना रेस्टुरेन्टमा डिनर गरिरहेको देखिन्छ ।

यो तस्विरलाई हेरेर कार्तिकसँगको ब्रेकअपपछि सारा अहिले शुभमनसँग डेट गरिरहेकी छिन् भन्ने अनुमान गरिएको छ । तस्बिरमा एकतर्फ शुभमन र अर्कोतर्फ सारा बसेको देखिन्छ । एक रेस्टुरेन्ट वेटर सारा नजिकै उभिरहेकी छिन्, जसलाई उनी केहि अर्डर गरिरहेको देखिन्छ। सारा अली खान भन्दा पहिले क्रिकेटरको नाम सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको थियो । तर, सारा र शुभमन न त सँगै देखिएका छन् न त उनीहरुले यी रिपोर्टमा कुनै बयान दिएका छन् ।

सारा अली खानले यसअघि स्वर्गीय सुशान्त सिंह राजपूतलाई डेट गरिसकेकी छिन् । फिल्म केदारनाथको सुटिङका ​​क्रममा दुवै रिलेशनशिपमा आएका थिए । योसँगै फिल्म रिलिज भएपछि उनीहरुको बाटो छुट्टियो । दुवैले यो सम्बन्धको बारेमा कहिल्यै बोलेका छैनन् । सुशान्त सिंह राजपुतपछि अभिनेत्रीको मन कार्तिक आर्यनमाथि आयो ।

करण जोहरको च्याट शो कफी विथ करणमा साराले कार्तिकलाई धेरै प्यारो लाग्छ र उनीसँग डेट गर्न चाहन्छिन् भनी बताएकी थिइन् । यसपछि सारा र कार्तिकले लव आज कलमा सँगै काम गरे र दुवै प्रेममा परे । उनी कार्तिक आर्यनसँग पनि करिब दुई वर्षसम्म रिलेसनसिपमा थिइन् । तर, अहिले दुवै अलग भइसकेका छन् । यसै क्रममा क्रिकेटरसँगको तस्विर भाइरल भएको छ । सारा अली खानले यसबारे केही बोल्छिन् कि बोल्दिनन्, त्यो हेर्नैपर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS