तपाईले ‘त्रिदेव’ र ‘विश्वात्मा’ फिल्म हेर्नु भएको छ ? छ भने, तपाईलाई सोनम अर्थात बख्तावर खान त याद होला । सोनम ९० को दशकमा बोल्ड अभिनेत्री थिइन् । उनको बास्तबिक नाम बख्तावर खान थियो ।

१४ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी उनको ९० को दशकमा यति चर्चा थियो कि उनलाई फिल्ममा लिन निर्माता घरको चक्कर लगाउँथे । राम्रो करियरमा पनि उनले जम्मा २५ फिल्म अभिनय गरेर उद्योग छोडिन् ।  आखिर किन छोडिन् सोनमले बलिउड ? । उनीसँग जोडिएका केही किस्सा यस्ता छन् ।

‘विजय’ बाट डेब्यु
सन् १९७२ मा जन्मिएकी सोनमले १९८८ मा आएको फिल्म ‘विजय’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । फिल्मले बक्स अफिसमा अचम्मको व्यापार गर्यो र सोनम रातारात सुपरस्टार बनिन् । यस फिल्ममा सोनमले जबरदस्त किसिङ सीन दिएकी थिइन् र त्यसपछि उनलाई बोल्ड अभिनेत्रीमा गन्न थालियो । सोनम साँच्चै त्यो युगको सबैभन्दा भाग्यमानी अभिनेत्री थिइन्, जसको पहिलो फिल्मले बलिउडमा आतंक मच्चाएको थियो ।

तर, सोनमले आफ्नो वास्तविक पहिचान ‘विजय’ र ‘त्रिदेव’ जस्ता फिल्मबाट पाएकी थिइन् । यति मात्र होइन, त्रिदेव सुपरहिट भएपछि सबैले सोनमलाई ओए ओए गर्ल भनेर चिन्न थालेका थिए । हो, त्यसबेला सोनमको क्रेज यस्तो थियो कि त्रिदेव रिलिज भएको १ वर्षपछि आएको फिल्म ‘मिट्टी और सोना’ मा चंकी पाण्डेलाई कसैले ध्यान दिएनन् । सबैको नजर सोनमलाई टेकेर बसेको थियो । यो फिल्ममा सोमनले निकै बोल्ड सीन्स दिएका थिए ।

बोल्ड सीन हेर्न लाइन
९० को दशकमा बोल्ड सीन दिनु ठूलो कुरा मानिन्थ्यो । यही कारण फिल्म ‘मिट्टी और सोना’ ले बक्स अफिसमा आतंक मच्चाएको थियो । यो फिल्मको बारेमा त्यतिबेलाका मानिसहरुसँग कुरागर्ने हो भने उनीहरुले बताउँछन् कि फिल्मको टिकट लिन घण्टौं लाइनमा बस्नुपथ्र्याे । टिकट पाएलगत्तै उनी थिएटरभित्र पस्ने गर्थे र सोनमका बोल्ड सीन सकिएपछि बाहिर निस्किन्थे ।

राजीव राईसँग विवाह
सोनमले राजीव राईसँग विवाह गरेकी हुन् । बिवाहपछि उनले फिल्मलाई अलविदा गरेकी हुन् । त्यसपछि अन्डरवल्र्डबाट लगातार ज्यान मार्ने धम्की आएको कारण श्रीमान्का साथ भारत छोडेर विदेशमा बस्न थालिन् । विवाहको २५ वर्षपछि सोनम पति राजीवसँग पनि अलग भएकी छन् ।

सन् २०१६ मा सोनमले राजीव राईसँग डिभोर्स लिएकी हुन् । त्यसपछि उनले डाक्टर मुरली पोडुवलसँग बिहे गरिन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS