Aung_San Su Kyi

म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई निर्वाचनमा धाँधली गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । सुकीका वकिलले बीबीसीलाई यसबारे जानकारी दिएका छन् । सुकीलाई हालसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय भइसकेको छ भने उनीविरुद्ध धेरै मुद्दा विचाराधीन छन् ।

तर, सुकीले सबै आरोप अस्वीकार गर्दै आएकी छन् । मानवअधिकारकर्मीहरूले पनि उनीविरुद्ध चलिरहेको मुद्दाको आलोचना गरेका छन् । यदि सुकी सबै मुद्दामा दोषी ठहरिएमा उनको कुल सजाय २०० वर्षसम्म हुनसक्छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीले आफ्नो जीवनको अधिकांश समय हिरासतमा बिताएकी छिन् र उनी घरमै नजरबन्दमा छिन् ।

सञ्चारमाध्यम र आम जनतालाई सुनुवाइबारे कुनै जानकारी छैन । यसैबीच सेनाले उनका वकिललाई पत्रकारसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ । एक सैन्य अदालतले नोभेम्बर २०२० को आम चुनावमा सुकीलाई ठगी गरेको आरोपमा दोषी ठहर गरेको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS