काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको नाम नुवाकोट १ बाट समानुपातिकमा सिफारिस भएको छ ।

केसीको नाम एकल पठाइएपछि नुवाकोटका नेताहरू भने असन्तुष्ट बनेका छन् । केसीले प्रत्यक्ष चुनाव लड्न चाहे पनि एकतर्फी रुपमा समानुपातिकमा सिफारिस गरिएको भन्दै असहमति प्रकट गरेका छन् ।

‘समानुपातिक तर्फ केसीको एकल नाम पठाइयो । पूर्व जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने, ‘विधानले तोके अनुसार बैठक नै नगरी समानुपातिकमा अर्जुन नरसिंह केसीको नाम सिफारिसप्रति हाम्रो सहमति छैन ।’

नुवाकोट-१ बाट प्रत्यक्षतर्फ बहादुरसिंह लामा (केन्द्रीय सदस्य, हाल समानुपातिक सांसद), लालिमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठ (दुवै महिला महासमिति सदस्य) सिफारिस भएको जिल्ला सभापति रमेश महतले जानकारी दिए ।

सभापति महतका अनुसार नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ भने रामशरण र प्रकाश शरण महत दाजुभाइ सिफारिस भएका छन् । डा रामशरण महतको समानुपातिकमा पनि सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS