Hero

काठमाडौं । एक पुरुषमाथि महिला बलात्कार र पुरुषत्वको बारेमा हिंसक र घिनलाग्दो कुरा बोलेर युवालाई बर्बाद गरेको आरोप लागेको छ । उनी प्रायः सुन्दर महिलाहरू, नगदको थुप्रो र कारहरूको लश्करसँग फोटोहरू पोस्ट गर्थे।

उनको विलासी जीवनशैलीका कारण लाखौं मानिसले उनलाई सामाजिक सञ्जालमा फलो गरेका थिए । तर अहिले यो व्यक्तिलाई टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबले प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल कम्पनीहरूले आपत्तिजनक सामग्री पोस्ट गर्ने व्यक्तिलाई कारबाही गरेका छन्।

ती व्यक्तिको नाम एन्ड्रयु टेट हो। उनी बेलायतको लुटनका बासिन्दा हुन् । उनी पेशाले किक बक्सर हुन् । २०१६ मा मानिसहरूले पहिलो पटक च्यानल ५ को बिग ब्रदर रियालिटी टिभी कार्यक्रममा टेटलाई देखेका थिए।

त्यसपछि उनको एउटा भिडियो सार्वजनिक भयो, त्यसपछि उनलाई शोबाट निकालियो । भिडियोमा उनले एक महिलालाई बेल्टले हिर्काएको र अर्की महिलालाई चोटको बारेमा सोधेको देखियो।

टेटले पछि आफू सेक्स प्लेको हिस्सा भएको दाबी गरे । बिग ब्रदरबाट बिदा भए पनि, उनको अनलाइन लोकप्रियता बढ्दै गयो। यसपछि पनि उनले टिकटक र युट्युबमा महिलाविरुद्ध उत्तेजक कुराहरू गरिरहे । जसका कारण उनको लोकप्रियता अझै बढेको छ ।

टेटले पनि एकपटक भनेका थिए, बलात्कारका लागि महिला नै जिम्मेवार छन् । प्रेमिकाले पुरुषलाई धोकाको आरोप लगाएमा तरवारले अनुहार काटिदिनु पर्ने टेटले बताएका थिए ।

उनी बारम्बार विवादास्पद भिडियो पोस्ट गर्ने गर्दथे र उनका फलोअर्सको संख्या बढ्दै गयो । उनलाई विशेष गरी किशोर किशोरीहरूले पछ्याएका थिए।

डेली मेलको रिपोर्टका अनुसार टेटले गत महिना करिब १२.७ बिलियन सामाजिक सञ्जाल भ्यु पाएका थिए। उनलाई गुगलमा डोनाल्ड ट्रम्प र किम कार्दशियन भन्दा बढी खोजिएको थियो । उनी ३० वर्षभन्दा कम उमेरका मानिसका लागि विश्वकै चर्चित व्यक्ति बनेका थिए ।

टेटको प्रतिबन्धको बाबजुद उनका फलोअर्सले फ्यान पेज बनाएर लगातार उनको भिडियो शेयर गरिरहेका छन् । सामाजिक सञ्जाल प्लेटफर्मको यस कार्यमा टेटले आफूलाई अन्यायपूर्ण रूपमा बदनाम गरिएको बताए। उनी संसारको सबैभन्दा ठूलो खलनायक नभएको उनले बताए ।

एन्ड्रयू टेटको जन्म अमेरिकाको शिकागोमा भएको थियो। तर बाबुआमाको सम्बन्धविच्छेदपछि उनी आमासँग लुटन आएका थिए । हुर्कदै, टेटले किक बक्सिङ सुरु गरे। उनी चार पटक विश्व च्याम्पियन बनेका थिए ।

किक बक्सिङ छोडेपछि उनी टिभी रियालिटी शो बिग ब्रदरमा देखा परे। सन् २०१७ मा एक मुद्दामा दुई दिन जेल बस्नु परेको थियो । त्यसपछि उनी रोमानिया गए। उनले एक भिडियोमा बलात्कार सम्बन्धी अपराधका सम्बन्धमा कडा कानुन नभएका कारण आफू रोमानिया सरेको स्वीकार गरेका थिए ।

टेटले आफ्नै बलमा करोडौंको सम्पत्ति आर्जन गरेको विश्वास गरिन्छ । टेटको दाबी छ कि उनलाई पछ्याउनेहरू उनी जस्तै सफल र धनी हुन सक्छन्। यस वर्षको सुरुमा, टेटले आफू विश्वको पहिलो ट्रिलियनपति भएको दाबी गरे। तर, उनको वास्तविक कमाइको बारेमा आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।

टेटको मुख्य व्यवसायिक उद्यम हसलर युनिभर्सिटी हो। यस प्लेटफर्म मार्फत, मानिसहरूलाई अनलाइन पैसा कमाउने तरिकाहरू बारे बताइन्छ। रिपोर्टका अनुसार उनीसँग करिब १ लाख ३० हजार बालबालिका पढ्छन् । उम्मेदवारबाट प्रत्येक महिना ६ हजार रुपैयाँ शुल्क लिइन्छ। यसबाहेक उनको धेरै व्यवसाय रहेको बताइएको छ । तर यसबारे आधिकारिक जानकारी भने आएको छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS