Sunak & Truss

बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्वका लागि एक महिनादेखि जारी मतदान शुक्रबार साँझ सम्पन्न भएको छ । यसको विजेता भोलि अर्थात सेप्टेम्बर ५ मा बेलायती समयअनुसार मध्यान्ह साढे १२ बजे घोषणा हुँदैछ । सेप्टेम्बर ६ मा हालका प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटिस महारानी एलिजाबेथ द्वितिया सामु राजीनामा पेश गर्ने र नयाँ नेतृत्वले प्रधानमन्त्री पद सम्हाल्ने समय तालिका छ । जोनसनको सरकार विभिन्न विवादमा फसेपछि उनले नयाँ नेतृत्वको लागि बाटो खुला गरिदिएका थिए । कन्जरभेटिभ पार्टीका सदस्यले अनलाइन तथा चिठ्ठी मार्फत मतदान गरेका थिए । र मतदान शुक्रबार बेलुकी पाँच बजे सम्पन्न भएको थियो ।

दुई महिनासम्म चलेको चुनावी अभियानमा विदेशमन्त्री लिज ट्रस र पूर्व अर्थमन्त्री ऋषि सुनक अन्तिम चरणमा पुगेका थिए । सुनक र ट्रसले मत माग्न देशभर भ्रमण गर्नेदेखि टेलिजिभन बहसमा भाग लिएका थिए । कन्जरभेटिभ पार्टीका अध्यक्ष एन्ड्रयु स्टेफेनसनले दुवै उमेद्वारहरुलाई कठिन प्रतिस्पर्धामा सौहार्दताका साथ भाग लिएकोमा धन्यवाद दिए ।

अगष्टको प्रारम्भबाट खुलेको मतदानमा कन्जरभेटिभ पार्टीको सदस्यता लिएका झण्डै दुई लाख सदस्यले मत दिएका थ्एि । मतसर्वेक्षणहरुमा ४७ वर्षिया ट्रस उनका प्रतिद्वन्दी सुनकभन्दा अगाडि देखिएकी छन् । चुनावी वहसमा उनले प्रधानमन्त्री चुनिए करको दर घटाउने आर्थिक वृद्धिलाई उच्च प्राथमिकतामा दिने बताएकी थिइन् ।

बेलायत चार दशक यताकै उच्च दरको महगीको सामना गरिरहँदा ट्रस जितिन भने उनको कार्यकाल चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ । उनका प्रतिद्वन्दी सुनकले भने ट्रसको योजना लागु भएमा मुद्रास्फिती थप बढ्ने बताएकी छन् । कन्जरभेटिभ सांसदहरुमाझ सुनक पहिलो छनौट रहेको भएपनि पार्टीका आम कार्यकर्ता भने ट्रसको दक्षिणपन्थी नाराप्रति बढि आकर्षित देखिएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS