एमाले गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ । एमाले गोरखा क्षेत्र नम्बर २ कमिटीले चक्रेमिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमाललाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रले नाम जिल्ला कमिटीमा पठाएको हो ।

एमाले गोरखा जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले क्षेत्रीय निर्वाचन कमिटीले आकांक्षीहरु सवैको नाम राखेर पठाउनु स्वभाविक भएको बताए । यद्यपि उनले जिल्ला कमिटीमा ति नामहरु सोमबारमात्र आइपुग्ने भन्दै प्रक्रियागत ढंगले अघि बढाइने जनाए ।

‘सिफारिस नै भएको भन्न त मिलेन । आकांक्षा भएका साथीहरुको नामलिष्ट जिल्लामा आइसकेपछि हेरेर अघि बढाउछ’, उनले भने, ‘भोलि जिल्लामा आइसकेपछि बैठकबाट छलफल गरेर र आवस्यक राय सुझाव लिएर प्रदेशमा पठाइन्छ ।’ यस्तै प्रदेश सभा क्षेत्र (क) मा राजु राना, वसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन् । प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र वसन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS