Sunny Leone

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी यो फिल्मी संसारमा आउनुअघि पोर्न स्टार थिइन् ।वर्षौंअघि सन्नी लियोनीले यो पेशा छोडेकी थिइन् । तर अभिनेत्रीलाई आफ्नो विगतको डर छ, जसको बारेमा सन्नी लियोनीले खुलेर कुरा गरेकी छिन् ।

के भनिन् सन्नी लियोनी ?

सन्नी लियोनलाई डर छ कि उनको पेशाको बारेमा थाहा पाएर उनका छोराछोरीले उनको न्याय गर्दैनन् की ?सन्नीलाई लाग्छ कि उनका छोराछोरीले उनको विगत मन नपराउने हुन् की ।इ–टाइम्ससँगको कुराकानीमा सन्नी लियोनीले यसबारे खुलेर कुरा गरेकी छिन् । उनी भन्छिन्– मेरा छोराछोरी हुर्किएपछि मन नपर्ने कुराहरू छन् । हामी सबैलाई थाहा छ त्यो के हो।

उनीहरु पूर्ण रुपमा बुझ्ने भएपछि तिनीहरूले मेरो विगत हेर्नेछन् । मलाई देख्दा उनीहरुलाई लाज हुने हो की भन्ने डर मलाई सधैँ हुन थालेको छ ।तर म विश्वस्त छुकी मैले मेरो छनोट गरें र उनीहरूलाई थाहा हुनुपर्छ कि उनीहरूले पनि आफ्नो छनौट गर्न सक्छन्। जबसम्म कसैको इच्छाले कसैलाई हानि वा चोट पुर्याउदैन।मेरो बच्चा जस्तै फायर फाइटर बन्न चाहन्छ भने म दिन्छु । सन्नी लियोनी तीन सन्तानकी आमा हुन् । उनले छोरी निशालाई धर्मपुत्री लिएकी छन् । उनीहरुका दुई छोरा छन् जो सेरोगेसीको सहयोगमा जन्मिएका हुन् ।

सन्नीले बलिउडमा आफ्नो स्थान बनाएकी छिन्

सन्नी आफ्ना तीन सन्तानलाई असाध्यै माया गर्छिन् । सन्नीको बच्चाहरुसँगको तस्वीर भाइरल भैरहेको हुन्छ । उनी मातृत्वको आनन्द लिइरहेकी छिन् ।सन्नी लियोनीको वर्कफ्रन्टको कुरा गर्दा उनले बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो प्रभुत्व कायम राखेकी छिन् ।

सन्नीले चलचित्रमा राम्रो काम गरिरहेकी छिन् । उनका धेरै फिल्म पाइपलाइनमा छन् । उनको अर्को फिल्म ओ माई घोस्ट हो । चलचित्रका अलावा सन्नीका म्युजिक भिडियोले पनि फ्यानमा हावी रहेको छ । आफ्नो विगतका कारण सन्नीलाई फिल्ममा स्थान बनाउन निकै गाह्रो भएको थियो । कडा परिश्रमपछि सन्नीले आफूप्रतिको मानिसको दृष्टिकोण परिवर्तन गर्न सफल भएकी छिन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS