Chiudo

एजेन्सी – तपाईंले कहिल्यै आफ्नो चिउँडोलाई नियालेर हेर्नुभएको छ ? चिउँडोले तपाईंको ब्यक्तित्वलाई झल्काउँछ । मानिसको व्यवहार वा स्वभावलाई चिउँडोको आकार हेरी सजिलै थाहा पाउन सकिन्छ । आज हामी तपाईंलाई यसै सम्बन्धि जानकारी दिन्छौं ।

वर्गाकार : वर्गाकार चिउँडो भएका मानिसहरु प्राय आर्कषक देखिन्छन् । तर यीनीहरु निकै नै जिद्दि स्वभावका हुन्छन् । यीनीहरु आफ्नो भित्री भावनालाई राम्रोसँग खोल्दैनन् ।

सानो र सांघुरो: सानो र सांघुरो चिउँडो भएका मानिसहरु संवेदनशील हुन्छन् । तपाईंले बोल्दाखेरी ध्यान पुर्याउन निकै नै जरुरी छ । तपाईंको शब्दले अरुको चित्त नराम्ररी दुख्नसक्ने संम्भावना हुन्छ ।

हल्का फैलिएको: हल्का फैलिएको चिउँडो भएका व्यक्तिहरु धेरै नै उर्जावान हुन्छन् । यीनीहरुले सबै कार्यहरुलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्छन् । राम्रो लिडर बन्न सक्ने गुण हुन्छ ।

भित्र पसेको चिउँडो: यस्ता व्यक्तिको अनुहारमा चिउँडो नै नभएको जस्तो देखिन्छ । यस्ता व्यक्तिहरु इमान्दार र लोकप्रिय हुन्छन् । यीनीहरु पैसाको कुरामा भने निकै नै भाग्यमानी हुन्छन् । तर यीनीहरुले निर्णय लिने कुरामा भने गाह्रो मान्छन् ।

लामो चिउँडो: लामो चिउँडो भएका मानिसहरु धेरै नै इमान्दार हुन्छन् । यीनीहरुले सजिलै साथीहरु बनाउन सक्छन् । यीनीहरुको परिवार सधैं सुखी हुन्छ ।

गोलो: गोलो आकारको चिउँडो भएका मानिसहरु आशावादि हुन्छन् । यीनीहरुले राम्रो साथी बनाउँछन् र साथीहरुलाई परेको बेलामा साथ दिने स्वभाव भएका हुन्छन् । यीनीहरु राम्रो लिडर बन्न सक्दैनन् । लिडर बन्नुभन्दा आफ्नो गु्रपमै बसेर रमाउने स्वभावका हुन्छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS