hand

यो संसारमा हरेक मानिस फरक फरक हुन्छन्। यस्तै सबै मानिसको स्वभाव पनि एक-अर्कासँग फरक हुने गर्छ। अनुहार,व्यवहार सबै चिज एक मानिसबाट अर्को मानिसमा फरक हुन्छ। समुन्द्र शास्त्रमा पनि यो कुरा उल्लेख छ। सामान्यतया: हरेक मानिसको शरीरको आकार, बनावट अलग-अलग हुन्छ। तर यी भिन्नता केहि कुरामा समान हुन्छ, जस्तै यो संसारमा ठूलो आँखा भएको एक मात्र मानिस त पक्कै पनि छैन।

समुन्द्र शास्त्रका अनुसार मानिसको औंलाको लम्बाईले पनि उसको स्वभाव, वर्तामान र भविष्य बताउँछ।

रिंग फिंगर इन्डेक्स फिंगर भन्दा लामो भयो भने ?

अनामिका अर्थात रिंग फिंगरको लम्बाई दोस्रो औंला अर्थात इन्डेक्स फिंगर भन्दा लानो हुन्छ ती मानिस देख्न मा त आकर्षक हुन्छन् तर उनीहरुमा क्रोध बढी हुन्छ। यी व्यक्तिहरू कुनै पनि प्रकार जोखिम लिन डराउँदैनन्। इन्डेक्स फिंगर भन्दा रिंग फिंगर लामो हुने महिलाले व्यावसायिक जीवनमा निकै सफलता प्राप्त गर्छिन्। साथै, यी महिलाहरूलाई बहिर्मुखी वा एक्स्ट्रोवर्ट पनि भन्न सकिन्छ र तिनीहरूको दिमाग पनि धेरै तेज हुन्छ।

इन्डेक्स फिंगर रिंग फिंगर भन्दा लामो छ भने ?

त्यस्तै रिंग फिंगर भन्दा इन्डेक्स फिंगर लामो हुने पुरुष निकै आत्मविश्वासी हुन्छन्। यिनीहरु आफू आकर्षणको केन्द्र विन्दु बन्न चाहन्छन् र अरुबाट आफ्नु तारिफ सुन्न चाहन्छन्। यी मानिसको सोच निकै सकारात्मक हुन्छ, जस्तो सुकै अवस्थामा पनि यी मानिस सकारात्मक रहन्छन्। यी मानिसहरुलाई हृदय सम्बन्धि समस्याले छिटै सताउँदिन तर क्यान्सर, एलर्जी आदि जस्ता समस्याले भने छिटै सताउँछ।

रिंग फिंगर र इन्डेक्स फिंगर समान छन् भने ?

जो मानिसको रिंग फिंगर र इन्डेक्स फिंगर दुबै बराबर हुन्छ, यस्ता मानिस शान्तिप्रिय स्वभावका हुन्छन्। कुनै पनि प्रकारको बहस तथा झै-झगडाबाट टाढा नै रहन्छन्। यी मानिस छिटै अरुसँग घुलमिल हुने किसिमका हुन्छन्। यिनीहरुलाई नयाँ मानिससँग भेट्न, साथी बनाउँन मन पर्छ। यस्ता मानिस आफ्नो जीवनसाथीको निकै ख्याल राख्छन्।

मिडल फिंगर अर्थात् मध्यमा औंला

हाम्रो हातको मध्यमा औंलालाई मिडल फिंगर वा स्याटन फिंगर पनि भनिन्छ। यो औंलाको तल शनि पर्वत हुन्छ, त्यसैले पनि यसलाई स्याटन फिंगर भनिन्छ। यो औंलाको लम्बाईले बताउँछ कि मानिसको भविष्य कस्तो रहन्छ।यदि कसैको मिडल फिंगर अन्य औंला भन्दा आधा इन्च लामो छ भने यसले यो बताउँछ कि उक्त व्यक्तिको मानिसबाट केहि अशुभ कार्य हुनसक्छ। त्यस्तै मध्यमा औंला लामो हुनुको साथै मोटो पनि छ भने यस्ता मानिसको जीवन सधैं चिन्ताजनक हुन्छ, साथै यिनीहरु स्वार्थी स्वभावका पनि हुन्छन्।

यदि मध्यमा औंलाको पहिलो भाग लामो छ भने यस्ता मानिसले आ-त्म-ह-त्या गर्ने सम्भावना हुन्छ। त्यस्तै पहिलो भाग थेप्चो छ भने यस्ता मानिस कला क्षेत्रमा निकै सफल हुन्छन्। यदि दोस्रो भाग लामो छ भने यसले यो दर्शाउँछ कि यस्ता मानिस व्यापारिक क्षेत्रमा सफल हुन्छन्।

लिटल फिंगर अर्थात् कान्छी औंला :

तपाईंको कान्छी औंलाले यो बताउँछ कि तपाईंको वित्तीय स्थिति कस्तो रहन्छ। यो औंलाको तल बुध पर्वत हुन्छ। यदि उक्त बुध पर्वत स्पष्ट छ भने उक्त मानिस निकै चलाख र बुद्धिमानी हुन्छ। यस्ता मानिस निकै राम्रा अभिनेता हुन्छन् र परिवारको बारेमा निकै ग-म्भी’र हुन्छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS