Kapl & Bharati

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । यसै साताबाट सुरु हुने शोमा केही पुराना अनुहारहरू फेरि देखिँदैछन्, भने केही नयाँ अनुहारले पनि दर्शक हँसाउनेछन् । केही समययता शोका धेरै महत्त्वपूर्ण कलाकारले छाडेका छन् । हालै मात्र शो सुरु भएको जानकारी सार्वजनिक हुनेबित्तिकै कृष्णा अभिषेकले शो छोडेको खबरले सबैलाई चकित तुल्याएको थियो ।

यसैबीच, फेरि एक कलाकार यो शोबाट अलग हुने समाचार आएको छ । समाचारका अनुसार चर्चित कमेडियन भारती सिंह पनि कपिलको शोबाट अलग्गिन लागेकी हुन् । शोमा भारतीलाई नदेख्दा फ्यानहरू निकै निराश हुनेछन् । तर, अहिले सबैको मनमा एउटै प्रश्न उठिरहेको छ । आखिर किन छोड्न लागिन् भारतीले शो ?

भारतीले भने शोबाट टाढा हुनुको कारण आफूसँग पहिलेदेखि नै एउटा शो भएको बताएकी छन् । उनले भनेकी छन्, ‘‘सारे गमा पा’मा कमिटमेन्ट दिएकी थिएँ । तर सारे गमा शो र द कपिल शर्मा शोको टाइम मिलेन भने देख्न पनि सकिनेछ ।’

शो हरेक शनिबार र आइतबार सोनी च्यानलबाट सेप्टेम्बर १० गतेदेखि प्रसारण हुनेछ । दर्शकले राति ९ः३० बजेदेखि आफ्नो टिभीमा कार्यक्रम हेर्न सक्नेछन् । यसपटक जहाँ कृष्णा अभिषेक शोको हिस्सा नहुने छन्, उता शोमा केही नयाँ अनुहार पनि देखिने भएका छन् । यसका अलावा सुमोना, किकु शारदा, चन्दन प्रभाकर लगायत नयाँ सिजनमा देखिनेछन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS