Women Face

काठमाडौँ । बिहान देखि बेलुकासम्म कतिपय अवस्थामा हामीले यस्ता गल्ती गरिरहेका हुन्छौँ जसले स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ । यस्ता सामान्य गल्तीले हाम्रो छालामा प्रभाव पार्दछ जसकारण हामी कम उमेरमै बूढो देखिन थाल्छौँ। हाम्रो अनुहारमा आउने पिम्पल, चाउरीपना, पोतो र छाला सम्बन्धी अन्य समस्याले सिधै हाम्रो उमेरलाई बढाइदिन सक्छ । यदि हामीले त्यस्ता गल्तीप्रति ध्यान दियौँ भने आफ्नो छालालाई जवान राख्न सक्नेछौँ।

सम्बन्धमा तनाव लिनाले

लगातार तनाव बढ्ने गर्यो भने हाम्रो शरीरमा त्यस्ता हर्मोनहरु उत्पादन हुन्छन् जसले स्वास्थ्यलाई हानि पुर्याउँछ र तनाव बढाउँछ। यसका कारणले हाम्रो छालामा समयभन्दा पहिले नै चाउरीपना आउन थाल्छ।

बिहान खाजा नखानाले

बिहानको खाजा नखाने मानिसलाई दिनभरि थकान महसुस हुन्छ । यसले शरीरमा विभिन्न रोग पैदा गराउँछ अनि समयभन्दा पहिले नै बूढो देखिन थाल्छौँ ।

लगातार बसिरहनाले

लगातार एकै स्थानमा बसिरहनाले खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । पाचन प्रणालीमा समस्या आउने भएपछि मोटोपना देखा पर्छ । यस्तोमा हाम्रो शरीर चाँडै रोगले ग्रसित हुन्छ अनि हामी छट्टै बूढो देखिन थाल्छौँ।

पानी कम पिउनाले

दिनभरिमा ७ देखि ८ गिलास भन्दा कम पानी पिउँदा शरीरमा पानीको कमी हुन्छ जसले छालामा सुख्खापना बढाउँछ । छाला सुख्ख हुँदा चाउरीपनाको समस्या देखा पर्छ।

नशाको लतमा पर्नाले

मदिरा, गाँजा, चुरोट र ड्रग्स जस्ता नशाको लत लागेका मानिसको शरीरमा कार्टिसोल नामक ह’र्मोन बन्न थाल्छन् । यसले तनाव बढाउँछ र समयभन्दा पहिले नै मािनस बूढो देखिन थाल्छ।

एकैसाथ धेरै काम गर्नाले

एकैसाथ धेरै काम गर्दा हाम्रो धेरै ऊर्जा सकिन जान्छ । यसका साथै यसले कामको चापलाई बढाउँछ र त’नाव हुन थाल्छ । यसका कारणले दिमाग र हृदयमा नराम्रो असर पर्छ।

निद्रा पूरा नलिनाले

अनुसन्धानले यो पुष्टी गरिसक्यो कि रातिको समयमा ७ घन्टा सुतेन भने यसले तनाव, हृदय सम्बन्धी रोग र रक्तचापमा समस्या पैदा गराउँछ । यस्तो गल्तीले जवानीमै मानिसलाई बूढो बनाइदिन्छ ।

पोषणयुक्त खाने कुराको कमीले

हाम्रो शरीरलाई पर्याप्त पोषण दिने दूध, पनिर, हरियो सागसब्जी, अन्डा, माछा, मासु जस्ता खानेकुरा अत्यन्तै आवश्यक छन् । दैनिक खाने कुराहरुमा यी खानेकुरा पनि सेवन गर्नुपर्छ । किनकी जरुरी पोषण नपाउँदा शरीर चाँडै कमजोर भएर बूढो देखिन थाल्छ ।

सनस्क्रिन नलगाउने

सनस्क्रीन नलगाउनाले घामका किरण सिधै छालामा पर्न जान्छन् यसले छालाको रङ बदलिदिन्छ र नरमतालाई कम गराउँछ । छालासम्बन्धी समस्याबाट बच्नका लागि सधैँ घाममा हिँड्नु अघि सनस्क्रीन लगाउनुपर्छ ।

व्यायाम नगर्नाले

नियमित बिहान व्यायाम नगर्ने मानिसको शरीर फिट र स्वस्थ हुन सक्दैन । यस्तोमा मोटोपना, कब्जियत, एसिडीटी जस्ता समस्या देखा पर्छन् जसले विभिन्न रोगलाई निम्त्याउँछ । समयभन्दा पहिले नै बूढो देखिनबाट बच्नका लागि व्यायाम अत्यावश्यक मानिन्छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS