मानिसको हात–खुट्टा काटियो भने त्यो पुनः विकसित हुँदैन । मुटुमा समस्या भए प्रत्यारोपण गर्न सकिन्छ । तर दिमाग र मेरुदण्ड फेर्न सकिँदैन । न नै पुनः विकसित गर्न सकिन्छ । तर यो विचित्र जीवको विशेषता नै यो हो कि यसले आफ्नो दिमाग, मेरुदण्डको हड्डी, मुटु र हात–खुट्टा पुनः विकसित गर्ने गर्छ । यसले जीवनभरी न्युरोन विकसित गरिरहन्छ । सन् १९६४ मा नै वैज्ञानिकले पत्ता लगाइसकेका थिए कि एक्सोलोलमा आफ्नो दिमागका केही हिस्सालाई पुनः पैदा गर्न सक्ने, विकसित गर्न सक्ने मेरुदण्डको हड्डी, मुटु र हात खुट्टा पनि विकसित गर्न सक्ने क्षमता छ । यदि यसको दिमागको ठूलो हिस्सा निकालियो भने पनि यो दिमागलाई पुनः विकसित गर्न सक्षम छ ।

विएना र ज्युरिखका वैज्ञानिकले अनुसन्धान गरेर एक्सोलोलले आफ्नो दिमागका सबै हिस्सासँग सम्बन्धित कोशिकालाई पुनः विकसित गर्न सक्ने कुरा पत्ता लगाएका छन् । साथै यसबीच सम्बन्ध पनि स्थापित गर्ने गर्छन् । यो थाहा पाउनका लागि यसको दिमागको नक्सा पनि बनाइयो । त्यसपछि यसले दिमागलाई कसरी पुनः विकसित गर्छ त भन्ने पत्ता लाग्यो किनभने दिमागको भिन्न भिन्न हिस्साका भिन्न भिन्न कोशिकाले भिन्न रुपमा काम गर्ने गर्छ ।

एक्सोलोलले जिन्समार्फत् विभिन्न कोशिकालाई रिजेनेरेट गर्न सक्षम हुन्छ । वैज्ञानिकले यसको अनुसन्धान गर्नका लागि यो जीवनको सिंगल सेल आरएनए सिक्वेन्सिङको प्रक्रिया हेरे ताकि यो जीवका ती जिन्सको गन्ती गर्न सकोस् जसले कुनै पनि खालको कोशिकाको विकासमा मद्दत गरिरहेको छ । साथै, कुन कोशिका दिमागको कुन हिस्साका लागि विकसित भइरहेको छ । त्यसको काम के होला भन्ने बारे पनि अनुसन्धान गरिँदै छ ।

वैज्ञानिकले मानिस, मुसा, सरिसृप र माछाको जेनेटिक अनुसन्धानका लागि सिंगल सेल आरएनए सिक्वेन्सिङ (scRNA-seq) को उपयोग गर्छन् । तर यो पद्धतिको उपयोग उभरचरीमाथि पहिलो पटक गरिएको थियो । वैज्ञानिकले यसको दिमागको सबैभन्दा ठूलो हिस्सा टेलेनसिफेलनको अनुसन्धान गरे । टेलेनसिफेलनलाई मानिसको दिमागको पनि ठूलो हिस्सा मानिन्छ । यसैभित्र हुन्छ नियोकर्टेक्स जसले कुनै पनि जीवको व्यवहार र उनको संज्ञानात्मक शक्तिलाई ताकत दिन्छ ।

एक्सोलोलको सिंगल सेल आरएनए सिक्वेन्सिङको शोधबाट के पत्ता चलेको छ भने यसले आफ्नो दिमागलाई भिन्न भिन्न स्टेजमा विकसित गर्ने गर्छ । निकै बिस्तारै । वैज्ञानिकले यसको दिमागको टेलेनसिफेलनको एउटा ठूलो हिस्सालाई बाहिर निकालिदिए । यसको १२ हप्तापछि एक्सोलोलले आफ्नो दिमागलाई हरेक हप्ता क्रमशः विकसित गरिरहेको वैज्ञानिकले देखे ।

पहिलो चरणमा प्रोजेनिटर सेल्सस तीब्र रुपमा बढे । यसले घाउलाई भर्ने काम गर्छन् । दोस्रो चरणमा प्राजेनिटर सेल्स न्युरोब्लास्ट्समा अन्तर पैदा हुन्छ । तेस्रो चरणमा न्युरोब्लास्ट भिन्न भिन्न न्युरोन्समा परिवर्तन हुन थाल्छ । यो त्यहि न्युरोन्स हो जुन टेलेसिफेलनसँगै बाहिर निकालिएका थिए । त्यसपछि नयाँ न्युरोन्सले दिमागको पुरानो हिस्सासँग सम्बन्ध बनाउन पनि सुरु गरेको थियो । यो शक्ति अन्य कुनै पनि जीवमा देखिएको छैन ।

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS