सैफ अली खानको आउँदो वेब सिरिज तान्डव अहिले चर्चाको विषय बनेको छ । कहिले विवादका कारण त कहिले सुटिङ लोकेशनका कारण, सिरिज र कलाकार चर्चामा आइरहन्छन् । सिरिजका केही दृश्यको सुटिङ सैफ अली खानको आफ्नो घर पटौदी प्यालेसमा भएको बताइन्छ । सुनिल ग्रोवरले एक समाचार पोर्टलसँगको कुराकानीमा तान्डवका केही दृश्य पटौदी प्यालेसमा सुट गरिएको जानकारी दिएका छन् ।

तान्डवबाहेक बलिउडका अन्य थुप्रै फिल्म छन् जसको सुटिङ लोकेसन कुनै सेट नभई कलाकारको आफ्नै घर थिए । आउनुहोस्, ती फिल्मबारे जानकारी लिऔं ।

– फिल्म की एण्ड का फिल्ममा एउटा दृश्य आउँछ जब अर्जुन कपुर, अमिताभ बच्चन र जया बच्चनलाई भेट्न जान्छन् । उनीहरुको यो भेट अमिताभको घरमा हुन्छ । रोचक कुरा के छ भने यसको सुटिङ अमिताभको आफ्नै घरमा भएको हो ।

– फिल्म रंग दे बसन्तीका केही भागको सुटिङ पटौदी प्यालेसमा भएको हो । राकेश ओमप्रकाश मेहराको निर्देशनमा बनेको यो फिल्ममा पटौदी प्यालेसलाई चिन्न मुश्किल छ ।

– सञ्जय दत्तबारे बनेको फिल्म सञ्जूका केही दृश्य पनि सञ्जयको आफ्नै घर इन्पेरियल हाइट्समा सुटिङ गरिएको थियो । फिल्ममा रणबीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका थिए ।

– शाहरुख खान स्टारर फ्यानमा शाहरुखले दोहोरो भूमिका निभाएका थिए । एक दृश्यमा शाहरुखका प्रशंसक शाहरुखलाई भट्न उनको घर मन्नत बाहिरसम्म पुग्छन् । यो दृश्य शाहरुखको घरमै सुटिङ गरिएको हो ।

– अनुराग कश्यप निर्देशित फिल्म बम्बे टकिजको सुटिङ अमिताभ बच्चनको दोस्रो घर प्रतिक्षा र केही दृश्यको सुटिङ करण जोहरको घरमा भएको हो । करण जोहरको घर रानी मुखर्जी र रणदीप हुड्डाको घरको रुपमा देखाइएको छ ।

– सलमान खानको सुपरहिट फिल्म बजरंगी भाइजानको सुटिङ सोनमर्थ र जोजिलामा भएको हो तर फिल्मका केही दृश्य सलमानको फार्महाउसमा पनि भएको छ । पनवेलस्थित सलमान खानको फार्महाउसमा फिल्ममा केही दृश्य सुट गरिएको थियो ।

– शाहरुख खान र प्रीति जिन्टा स्टारर फिल्म वीर जारा भारत–पाकिस्तानका दुई प्रेमीको कहानी थियो । यो फिल्ममा प्रीति जिन्टाको बंगला निकै शानदार देखाइएको थियो । यो बंगला पटौदी प्यालेस नै थियो । पदौदी प्यालेसमा वीर–जारा फिल्मका थुप्रै दृश्य सुट गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS