काठमाडौं । माधवकुमार नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले विरोध जनाएका छन् ।

मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।

 

साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS