वर्ष २०२० बलिउडका लागि दुःखदायी हुन पुग्यो । केही बलिउडका हस्ती र कलाकारको यो वर्ष निधन हुन पुग्यो । २०२० मा संसरबाट बिदा भएका बलिउडका हस्ती, जसको यहाँ चर्चा गर्न खोजिएको छः

इरफान खान
बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनय क्षमता पुर्याउन सफल अभिनेता इरफानको गत २९ अप्रिलमा निधन भएको थियो ।

ऋषि कपुर
ऋषि कपुरको निधन ३० अप्रिलमा भएको थियो । वरिष्ठ अभिनेता कपुरले क्यान्सरसँगै जिन्दगीको लडाइँ हारेका थिए ।

वाजिद खान
गीतसंगीतबाट लाखौँको मनमुटुमा बसेका संगीतकार वाजिद खानको निधन १ जुनमा भएको थियो ।

सुशान्त सिंह राजपुत
अभिनेता सुशांत सिंह राजपुतको मृत्युले बलिउड हल्लिएको थियो । उनले १४ जुनमा आत्महत्या गरेका थिए ।

सरोजा खान
बलिउडका हरेक स्टारलाई आफ्नो इशारामा नचाउने चर्चित कोरियोग्राफर सरोजाको ३ जुलाइमा निधन भएको थियो ।

सुरमा भोपाली अर्थात जगदीप साहेब
८१ वर्षका सुरमा भोपालीले ८ जुलाइमा अन्तिम सास लिएका थिए ।

समिर शर्मा
‘लेफ्ट राइट लेफ्ट’, ‘कहानी घर घरकी’, ‘ज्योती’लगायत कयौँ हिट श्रृंखलाका अभिनेता समीर शर्मा ५ अगष्टमा मृत भेटिएका थिए ।

आसिफ बसरा
आसिफ बसराले १२ नोभेम्बर आत्महत्या गरेका थिए । उनले बलिउडका कयौँ हिट फिल्ममा काम गरेका छन् ।

शफीक अन्सारी
मे १० मा शफीकको निधन भएको थियो । उनी क्यान्सरबाट पीडित थिए ।

सचिन कुमार
सिरियल ‘कहानी घर घरकी’मे देखिएका अभिनेता सचिन कुमारको मे १५ मा हृदयघातको कारण निधन भएको थियो । ४२ वर्षका सचिन अक्षयकुमारको आफन्त थए ।

अमोस
अभिनेता आमिर खानको सहयोगी समेत रहेका अमोसले १२ मेमा अन्तिम सास लिएका थिए । करिब २५ वर्ष आमिरका साथ काम गरेका उनको हृदयघातको कारण निधन भएको थियो ।

अभिजित
शाहरुख खानको रेड चिलिज इन्टरटेनमेन्ट कम्पनीका एक महत्त्वपूर्ण सदस्य अभिजितको १५ मेमा निधन भएको थियो । रेड चिलिजले ट्वीटर मार्फत निधनको जानकारी दिएको थियो ।

मनमीत ग्रेवाल
टिभी अभिनेता मनमीत ग्रेवालले १६ मेमा आत्महत्या गरेका थिए । ३२ वर्षीय अभिनेता लकडाउनमा काम बन्द भएपछि तनावमा रहेका थिए ।

मोहित बघेल
अभिनेता तथा कमेडियन मोहित बघेलको निधन २३ मेमा भएको थियो । उनी लामो समयदेखि क्यान्सर विमारीसँग लड्दै आएका थिए । उनको उमेर २७ वर्षमात्रै थियो ।

योगेश गौर
बलिउडमा एक से एक हिट गीत दिएका गीतकार योगेश गौरले २९ मेमा यो संसारबाट बिदा लिएका थिए । उनको निधनले बलिउडमा ठूलै झड्का लागेको थियो ।

साई गुन्डेवर
‘पीके’ र ‘रक अन’ जस्ता हिन्दी फिल्मका अभिनेता साईको १० मेमा निधन भएको थियो । उनको निधन अमेरिकामा भएको थियो । उनी ब्रेन क्यासरबाट पीडित रहेका थिए ।

निशिकान्त कामत
‘मुम्बई मेरी जान’ फिल्मका निर्देशक निशिकान्त कामतले १७ अगस्टमा संंसारबाट बिदा लिएका थिए । ५० वर्षीय अभिनेताको कलेजोमा समस्या थियो ।

एस.पी बालासुब्रमण्यम
एस.पी बालासुब्रमण्यमका निधन २५ सेम्बेटम्बरमा भएको थियो । उनको निधन कोरोनाको कारणले भएको हो । उनले सलमान खानको कयौँ फिल्मका गीत गाएका छन् ।

निम्मी
बलिउडकर्मी निम्मीका वास्तविक नाम नवाव हो । उनको निधन ८८ वर्षको उमेरमा भएको थियो ।

आशीष राय
सिरियलका अलवा कयौँ फिल्ममा समेत अभिनय गरेका अभिनेता आशीष रायको गत नोभेम्बरमा मिर्गौलाको समस्याका कारण निधन भएको थियो ।

दिब्य भटनागर
अभिनेत्री दिब्य भटनागरको ७ डिसेम्बरमा निधन भएको थियो । कोरोनाको कारण उनको निधन भएको हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS