काडमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल थप तथा हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिको कार्यालयमा सपथ खुवाइयो । सो सपथग्रहण समारोहमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका थिए ।

नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएको समारोहमा प्रधानमन्त्रीको ओलीको दायाँतर्फ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उभिएका थिए भने बायाँतर्फ विघटन गरिएको प्रतिनिधि सभाका सभामुख ।

सपथ ग्रहण समारोहको सो तस्वीर बाहिरिएपछि संसद भंग गरिएपछि पनि अग्नि सापकोटा कसरी शीतल निवास पुगे भनेर धेरैलाई आश्र्चर्य लागेको छ ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । सो धाराको उपधारा ६ मा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त अवस्थाबारे उल्लेख छ । जस अनुसार प्रतिनिधिसभा विघटन भएपनि आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् भन्ने व्यवस्था गरिएको छ ।

सोही संवैधानिक प्रावधान अनुसार शुक्रबार भएको मन्त्रीहरुको सपथ समारोहमा सभामुख अग्नि सापकोटाले सहभागिता जनाएका हुन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS