काठमाडौं । नेकपाका नेता प्रदीप नेपालले प्रचण्ड–माधव पक्षलाई साथ दिने भएका छन् । नेता नेपाल नेकपामा बौद्धिक र तार्किक नेतामा पर्दछन् ।

नेकपा विभाजनसँगै ओली पक्षका नेताहरु नेपाललाई आफ्नो पक्षमा दस्तखत गराउन नेपाल निवास पुगेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकालसहितको टोलीलाई नेता नेपालले आफूले प्रचण्ड–माधव पक्षमा हस्ताक्षर गरिसकेकाले दुईतिर नगर्ने जवाफ दिएका छन् ।

‘उहाँहरु माइन्युटमा हस्ताक्षर गर्न लिएर आउनुभएको थियो । तर मैले दुईतिर गर्न मिल्दैन । माफ गर्नुहोला ! मैले प्रचण्ड–माधव पक्षमा हस्ताक्षर गरिसकँे भनेर पठाइदिएँ’, नेता नेपालले आइतबार भने, ‘अव मेरो साथ प्रचण्ड–माधव पक्षलाई नै हुन्छ ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS