अक्षय कुमार यतिबेला बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेतामध्ये एक हुन् । अक्षय कुमार काममा निकै लगनशील छन् र एकदिन पनि ब्रेकमा बस्दैनन् । त्यसैले त कति कलाकारको वर्षमा मुश्किलले एउटा फिल्म रिलिज भइरहेका बेला अक्षय कुमारको भने ४–५ वटा फिल्म रिलिज भइरहेको हुन्छ । अक्षय कुमारका थुप्रै फिल्म सन् २०२१ मा मात्रै नभई २०२२ मा पनि रिलिज हुने तयारी भइसकेको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार अब अक्षयले आफ्नो पारिश्रमिक बढाएको खबर प्रकाशित भएको छ ।

बलिउड हंगामाको एउटा रिपोर्टलाई विश्वास गर्ने हो भने केही महिनामा अक्षय कुमारले आफ्नो पारिश्रमिकमा अत्यधिक वृद्धि गरेका छन् । सुरुमा अक्षयले आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १०८ करोड गरेका थिए जुन अब बढेर ११७ करोड भारु पुगेको थियो । एक स्रोतलाई विश्वास गर्ने हो भने हरेक निर्माता अक्षय कुमारलाई आफ्नो फिल्ममा अनुबन्ध गर्न चाहन्छन् । यस्तोमा आफ्नो मागलाई मध्यनजर गर्दै अक्षयले सन् २०२२ मा रिलिज हुने आफ्नो हरेक फिल्मका लागि पारिश्रमिक बढाएर १३५ करोड भारु गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS