साउथ सुपरस्टार रजनीकान्तले डिसेम्बर ३१ मा नयाँ राजनीतिक पार्टी घोषण गर्ने कार्यक्रम केही समय अगाडि नै तय भएको थियो । तर, शारीरिक रुपमा अस्वस्थ भएपछि रजनीकान्तले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने कार्यक्रम स्थगित भएको छ ।
रजनीकान्तले सामाजिक संजालमा ३ पेज लामो प्रेस विज्ञप्ती सार्वजनिक गर्दै जनतासँग माफी मागेका छन् । रजनीकान्तले भनेका छन्–‘नयाँ राजनीतिक दल घोषणा गर्ने कार्यक्रम स्थगित गर्नुपर्दाको पीडा मैले मात्र वुझ्न सक्छु । म चुनावी राजनीतिमा नउत्रिकन जनताको सेवा गर्न तयार छु ।’
![](http://localhost/recentnews/wp-content/uploads/2020/06/GET-YOUR-SITE-LIVE-1.png)
७० बर्षका नायकले सन् २०२१ को जनवरीमा तमिलनाडुमा हुन लागेको विधानसभा चुनाव भन्दा पहिला नै नयाँ पार्टी घोषणा गर्ने आशा जनतामा थियो ।
अस्वस्थ भएपछि रजनीकान्तलाई हैदरावादको एक नीजि अस्पतालमा भर्ना गरिएको थियो । उनी डिसेम्बर २७ मा अस्पतालबाट डिस्चार्ज भएका थिए । उनलाई डाक्टरले केही हप्ता आराम गर्न सल्लाहा दिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पनि उनले केही समय भेटघाटलाई समेत पूर्ण रुपमा बन्द गरेका छन् ।
सन् २०१७ मा रजनीकान्तको मृगौला प्रत्यारोपण गरिएको थियो । तर, यो बर्षको सुरुवातमै उनले तामिलनाडुका जनताको सेवाका लागि आफू तयार भएको बताएका थिए ।