संस्कृत शब्दमा पद्यको अर्थ हुन्छ कमल । यसैले पद्यासनलाई कमलासन पनि भनिन्छ । ध्यान मुद्रका लागि यो आसन सर्बाधिक महत्वपूर्ण छ । यसलाई योगमा सर्वश्रेष्ठ आसन भनिन्छ । पद्यासनमा बसेर नै उच्च कोटीको ध्यान गर्न सकिन्छ ।

प्राणायामको अभ्यासपूर्वक यो आसन गर्दा नाडीतन्त्र शुद्ध भएर आसन सिद्ध हुन्छ । विशुद्ध नाडीतन्त्रयुक्त योगीको विशुद्ध शरीरमा रोगको छायाँसम्म रहँदैन र उनले स्वेच्छाले शरीर त्याग गर्न सक्छन् । पद्यासनमा बस्दा शरीरको स्थिती यस्तो बन्छ कि, श्वसन तन्त्र, ज्ञानतन्त्र र रक्ताभिसरणतन्त्र सुव्यवस्थित ढंगले काम गर्न सक्छ । फलत जीवनशक्तिको विकास हुन्छ । पद्यासनको अभ्यास गर्ने साधकको जीवनमा एक विशेष प्रकारको आभा प्रकट हुन्छ । यस आसनबाट योगी, सन्त, महापुरुष महान हुन्छ ।

पद्यासनको अभ्यासले उत्साह बृद्धि हुन्छ । स्वभावमा प्रशन्नता बढ्छ । अनुहार तेजस्वी बन्छ । बुद्धिको अलौकिक विकास हुन्छ । चित्तमा आनन्द उल्लास रहन्छ । चिन्ताच, शोक, दुःख, शारीरिक विकार हट्छ । कुविचार आउँदैन ।

पद्यासनको अभ्यासबाट रजस र तमसको कारण व्यग्र बनेको चित्त शान्त होन्छ । सत्वगुणमा अत्यान्त वृद्धि हुन्छ । प्राणायाम, सात्विक मिताहार र सदाचारका साथ पद्यासनको अभ्यास गर्दा अन्तस्रावी गन्थीमा विशुद्ध रगत मिल्छ । फलत व्यक्तिमा कार्यक्षमता बढ्छ र भौतिक एवं आध्यात्मिक विकास शीघ्र हुन्छ ।

बौद्धिक मानसिक काम गर्नेका लागि त यो आसन एकदमै लाभदायक हुन्छ । चन्चल मनलाई स्थिर गर्न एवं वीर्यरक्षा गर्नका लागि यो आसन उपयोगी मानिन्छ ।

यम नियमपूर्वक लामो समयसम्म पद्यासनको अभ्यास गर्नाले उष्णता प्रकट भएर मूलाधार चक्रमा आन्दोलन उत्पन्न हुन्छ । कुण्डलिनी शक्ति जागृत हुने स्थिती बन्छ ।

दण्डासनमा बसेर दाहिने खुट्टा बायाँ खुट्टाको तिघ्रामाथि राख्नुपर्छ । यसैगरी बायाँ खुट्टालाई दाहिने तिघ्रामाथि राख्नुपर्छ । मेरुदण्ड सिधा बनाउनुपर्छ । असहज भएको स्थितीमा आफ्नो सुविधा अनुसार खुट्टा परिवर्तन गर्न सकिन्छ ।

हातलाई तिघ्रामाथि राख्ने । आँखा बन्द गर्ने । गहिरो सास लिने । मनलाई आफ्नो श्वासप्रश्वास क्रियामा केन्द्रित गर्ने ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS